आरएसडीसीको २००% हकप्रदमा बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने
Powered by Blogger.
आरएसडीसीको २००% हकप्रदमा बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद सेयर बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद भर्न चाहने नयाँ लगानीकर्ताले भदौ १५ भित्र सेयर किनिसक्नुपर्नेछ । आरएसडीसीले चुक्ता पुँजी वृद्धि गर्न १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। यस हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । 

हाल आरएसडीसीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा यस कम्पनीले १ करोड ९६ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आरएसडीसीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २४ पैसा छ ।

प्रकाशित मिति : Wednesday, August 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...