×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आपतकालिन अवस्थामा कर्मचारीलाई विदामा नबस्न मन्त्रालयको निर्देशन, राहत वितरणको तयारी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बाढी तथा पहिरो पिडितले तत्काल खाना पकाएर खान सक्ने अवस्था छैन । खाद्य संस्थान र साल्टट्रेडिङ संग समन्वय गरेर तत्काल उपलब्ध गराउन सकिने सबै राहत सामाग्रीको प्याकेट पुर्याउने गराउने निर्णय गरेको छ । यस्तो आपतकालिन अवस्था भएका बाहेक सबै तहका कर्मचारीलाई बिदा नदिने र राहत एवं उद्दारमा खटाउने निर्णय भएको छ । आपूर्ति मन्त्रालयका उपसचिव प्रेमकुमार राईले बिदामा रहेका कर्मचारीलाई पनि तत्काल काममा फर्किन निर्देशन दिएको जानकारी दिएका थिए ।

आगोबालेर खाना पकाउन नसकिने ठाउँमा तयारी खाद्य सामाग्रीको प्याकेट उपलब्ध गराउने निर्णय गरेका छौ ।  गरेकोआपूर्ति मन्त्रालयले देशभर रहेका मन्त्रालय सम्बद्ध कर्मचारीको विदा कटौती गर्दै सबैलाई राहत वितरण र उद्दार कार्यमा खटाउने निर्णय गरेको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा राहत वितरण तथा उद्दार कार्यका लागि टोली खटाउने निर्णय गरिएको सचिव राईले जानकारी दिए ।
उनले भने – पिडितकहाँ दाल, चामल, चिउरा, नुन, तेल लगायतका सामाग्री तत्काल पुर्यााउने निर्णय गरेका छौँ । हरेक जिल्लामा रहेका उपभोक्ता समितिसँग समन्य गरेर रिपोर्टिङ पनि कर्मचारीलाई निर्देशन दिएको उनले जानकारी दिए । यस्तै खाद्य संस्थानले आफ्ना सबै वितरण केन्द्रबाट चामल वितरण गर्न तयारी अवस्थामा रहेको प्रवक्ता शंकर सापकोटाले बताए । उनले भने – सरकारले निर्देशन दिने वित्तिकै राहत वितरण थाल्छौँ  हामी राहत वितरणका लागि तयारी अवस्थामा छौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: