×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने खेलकुदमन्त्री केसीको दाबी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – खेलकुदमा जनीतिकरण भइरहेको छ । त्यस्ता क्रियाकलापको छनविन गरी नराम्रो गतिविधिलाई रोकी ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले दाबी गरेका छन् । भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा बिहीबार भएको नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने -‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं ।’
नेपालगञ्ज, जनकपुर, झापा, पोखरा, विराटनगर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको समेत उहाले जानकारी गराउनु भयो । एकमात्रै अन्तर्राष्ट्रिय स्तरको काठमाडौँको  रंगशाला मर्मत सम्भार भइरहेको उनले बताए । 
आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ – खेलकुदमन्त्री केसीले भने ।
उनले खेलकुद क्षेत्रमा कुनैपनि प्रकारको राजनीति र खराब प्रवृति नलेराउने धारणा व्यक्त गरे । यसका लागि आफु आफ्नो डिउटीमा कडाका लाग्ने कुरा र अहिले खेलकुद क्षेत्रमा भइरहेको राजनीति हटाउने प्रयास जारी रहेको समेत  बताउनु भयो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: