राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३०.८८% वृद्धि भएर पुग्यो ३ अर्ब ८ करोड
Powered by Blogger.
राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३०.८८% वृद्धि भएर पुग्यो ३ अर्ब ८ करोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८ करोड २६ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३०.८८% ले धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । यस्तै, बैंकले खुद ब्याज आम्दानीमा पनि २५.७५% ले बढोत्तरी गरेर ६ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ५४ करोड ९९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले निक्षेप १ खर्ब ४६ अर्बबाट बढेर १ खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख ८७ हजार पुर्याएको छ । कर्जातर्फ पनि ८५ अर्बबाट बढोत्तरी गरेर १ खर्ब ६ अर्ब ४३ करोड १३ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ । सम्भावित जोखिमका लागि १ अर्ब ३८ करोड ७९ लाख ९० हजार रुपैयाँ छुट्याएको यो बैंकले १ अर्ब २१ करोड ३१ लख २१ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकले खराब कर्जामा भने उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष ४.२५% रहेको बैंकको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा घटेर २.३५% हुन पुगेको छ । बैंकको चुक्ता पुँजीमा भने कुनै परिवर्तन भएको छैन । चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ३ अर्ब ११ करोड ३८ लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ५८.४६% बाट बढेर ६९.३०% पुगेको छ । 


Published Date : Thursday, August 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...