रिलायबल माइक्रोफाइनान्सको हकप्रद छिटो भर्नु, भर्ने समय ३ दिनमात्र बाँकी
Powered by Blogger.
रिलायबल माइक्रोफाइनान्सको हकप्रद छिटो भर्नु, भर्ने समय ३ दिनमात्र बाँकी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न अब ३ दिनमात्र बाँकी छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यस हकप्रदमा साउन २९ गतेसम्ममात्र आवेदन दिन पाइनेछ । रिलायबलले असार २५ गतेदेखि ५०% हकप्रद खुला गरेको हो । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ दरको २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा रहेको छ । रिलायबलले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर दिने प्रस्ताव पनि गरिसकेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल सुन्धारा र रिलायबल माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । 

प्रकाशित मिति : Thursday, August 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...