रिलायबल माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिने
Powered by Blogger.
रिलायबल माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज (आइतबार) अन्तिम दिन हो । रिलायबलले असार ८ गतेदेखि २ः१ अनुपातमा २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सीटीसी मल सुन्धारा र रिलायबल माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । 

प्रकाशित मिति : Sunday, August 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...