×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर मेयरमा रेणु बिजयी, जित्नुको यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएको  घोषणा भैसकेको छ । जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि विवादका कारण सर्वोच्च अदालतको आदेश अनुसार शुक्रबार पुनः मतदान भएको थियो । वडा नम्बर १९ को मतगणना सकिसक्दा पनि देवी ज्ञवालीको अग्रता कायमै थियो तर वडा नम्बर २० का ३३ सय मतले पासा पल्टाउने काम गर्‍यो ।
वडा नम्बर २० को मतगणनामा रेणुले मतअन्तर घटाउँदै लगिन् । आधा मत गनिसक्दा रेणु र देवीको मत बराबरमा आयो । बाँकी आधा मत गन्न थालेपछि भने रेणुको अग्रता रह्यो । यो अग्रता कायमै रहेकोले धेरैले सोचे जस्तो दुई अङ्कको नभई तीन अङ्कको मतअन्तरमा रेणु दाहालको विजय सम्भव भयो । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको उम्मेदवारका रुपमा रेणु दाहालको जितमा मतपत्र च्यातेर पुनः मतदान हुनु नै प्रमुख कारण देखियो।  
गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो । मतपत्र च्यातियो र लामो कानुनी राजनीतिक र कानुनी विवादपछि सर्वोच्च अदालतको आदेश अनुसार शुक्रबार पुनः मतदान भयो । भरतपुर महानगरपालिकाका अन्य सबै वडाको मतगणना सकिसकेर वडा नम्बर १९ र २० को मतगणना बाँकी छँदा गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो । त्यही दुई वटा वडा नै निर्णायक रह्यो । 
वडा नम्बर १९ को पुनः मतदान हुँदा ५ सय मतको फाइदा रेणुलाई हुनु नै यो विजयको कारक रह्यो । वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो । १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो । त्यति नै बेला मतपत्र च्यातियो र मतगणना स्थगित भयो । वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: