रुरल माइक्रोफाइनान्सको सेयर भाउ घटाएर आजदेखि फेरि लिलामीमा, भदौ २३ अन्तिम म्याद
Powered by Blogger.
रुरल माइक्रोफाइनान्सको सेयर भाउ घटाएर आजदेखि फेरि लिलामीमा, भदौ २३ अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ८७ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । न्यूनतम मूल्य ४०१ रुपैयाँ राखिएकाले त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिन पाइने अन्तिम म्याद भदौ २३ गतेसम्म तोकिएको छ । 

यसमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् । यसअघि रुरलले असार १२ देखि १९ गतेसम्म ५०१ रुपैयाँ मूल्य तोकेर सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र एक हजार कित्तामात्र बिक्री भएपछि रुरलले बाँकी रहेको सेयरलाई १०० रुपैयाँ भाउ कम गरी पुनः लिलामीमा ल्याएको हो । त्यस्तै, रुरलले यसअघि जेठ १६ देखि ३३ गतेसम्म ८८ हजार ५६४.७४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।

आवेदकले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दरभाउ उल्लेख गरेर आवेदन फारम भर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

 बोलपत्र भदौ २५ गते अपरान्ह ४ बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिनेछ । हाल रुरल माइक्रोफाइनान्सको चुक्ता पुँजी ६९ करोड २१ लख २० हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रुरलले २१ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रुरलको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ २९० रुपैयाँ ५ पैसा छ ।

प्रकाशित मिति : Thursday, August 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...