एसबीआई बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
एसबीआई बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल एसबीआई बैंकको सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । यसअघि बैंकले साउन १६ गतेसम्म लिलामी भर्न पाउने व्यवस्था गरेको थियो । तर शुक्रबार सार्वजनिक विदा परेकाले बैंकले १ दिन म्याद थपेको हो । बैंकले साउन ९ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । सेयर किन्न बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं वा नेपाल एसबीआई बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० ले भाग जाने संख्यामा बैंकको हाल कायम चुक्ता पुँजीको ०.५५ भन्दा बढी नहुने गरी आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बुधबार दिउँसो ३ः३० बजे खोलिने छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ छ । लिलामीबिक्री पछि भने चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ ।


Published Date : Tuesday, August 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...