साझा विकास बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ४७२% ले वृद्धि
Powered by Blogger.
साझा विकास बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ४७२% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चोथौ त्रैमासमा साझा विकास बैंकले ४७२ प्रतिशतले खुद नाफामा वृद्धि गरेर १ करोड ५७ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष साझा ४२ लाख ३४ हजार रुपैयाँ नोक्सानमा थियो । साझाको खुद ब्याज आम्दानी पनि २५.६४ प्रतिशतले वृद्धि भएर ३ करोड ४४ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी २ करोड ७४ लाख १८ हजार रुपैयाँ थियो । बैंकले ५१ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३७ करोड ६ लाख ३१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप संकलन र कर्जा लगानी क्रमशः ०.५५ प्रतिशत र ६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष साझाको निक्षेप संकलन ५० करोड ९३ लाख ५४ हजार रुपैयाँ थियो भने कर्जा लगानी ३४ करोड ९३ लाख ५४ हजार रुपैयाँ थियो ।


Published Date : Tuesday, August 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...