सप्तकोशीको १३०% हकप्रद भर्ने आज अन्तिम म्याद
Powered by Blogger.
सप्तकोशीको १३०% हकप्रद भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकको १३०% हकप्रद भर्ने शुक्रबार अन्तिम दिन हो । यस अनुसार हकप्रदको आवेदन आज कार्यालय समयसम्म मात्र दिन सकिनेछ । बाढीका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै बैंकले हकप्रद भर्ने अन्तिम म्याद भदौ १ बाट ९ गते सारेको हो । सप्तकोशीले १ः१.३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

लगानीकर्ताले सप्तकोशी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय विराटनगर तथा यसका अधिकांस शाखा कार्यालय र एनएमबी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट आवेदन दिन सक्नेछन् । एनएमबि बैंकको देशैभरीका अधिकांस शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिने छ । एनएमबी क्यापिटलबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ । सप्तकोशीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल हो । 


Published Date : Friday, August 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...