×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंक उकालो लाग्न असफल, खुद नाफा ४९.६७ प्रतिशतले गिरावट (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा  कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.६७ प्रतिशतले कम हो । अघिल्लो वर्षको अन्त्यसम्ममा ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ।
प्रकाशित विवरण अनुसार बैंकले ४४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २९ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा ७ करोड ३२ लाख रुपैयाँबाट घटेर ४ करोड ६४ लाख रुपैयाँमा झरेको छ। 
असारमसान्तसम्म  बैंकले ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी ७८ करोड ७१ लाख रुपैयाँबाट बढेर ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोष पनि ८ करोड ९९ लाख रुपैयाँबाट बढेर ९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराव कर्जा २.२० प्रतिशतबाट घटाएर १.६५ प्रतिशतमा झारेको छ। बैंकको आधार दर ११.०४ प्रतिशत छ भने स्प्रेड दर ७.४१ प्रतिशत छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २८ पैसा रहेको विवरणमा उल्लेख छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: