गृह मन्त्रालयले गर्यो २० सीडीओसहित ३१ कर्मचारीको सरुवा -कोको परे सरुवामा ?
Powered by Blogger.
गृह मन्त्रालयले गर्यो २० सीडीओसहित ३१ कर्मचारीको सरुवा -कोको परे सरुवामा ?



काठमाडौँ - गृह मन्त्रालयले सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ गरी २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी गरी २० सीडीओसहित अन्य ११ जना कर्मचारीहरुको पनि सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सुर्खेतमा कार्यरत प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई भक्तपुर ल्याइएको छ ।त्यस्तै सुर्खेतको सीडीओमा भने गृहमै कार्यरत सीताराम कार्कीलाई पठाइएको छ ।यस्तै गृहमै रहेका चक्रबहादुर बुढालाइ मकवानपुरको सीडीओमा पठाइएको छ भने मकवानपुरका सीडीओ नारायणप्रसाद दुवाडीलाइ चाहिँ गृह मन्त्रालयमा तानिएको छ ।

मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।

को को परे सरुवामा, कहाँ कहाँ पुगे?
- एस काठमाडौँ 

प्रकाशित मिति : Friday, August 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...