×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्दै

  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौँ  – नारायणगढ–मुग्लिन सडकको निरीक्षण आज प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहनु भएको छ  ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सडक विभागका अन्य अधिकारीहरु पनि प्रधानमन्त्रीसँगै चितवन गएका छन् । प्रधानमन्त्रीले त्यहाँ भइरहेको सडक निर्माणबारे अबलोकन गर्ने भएका छन् । 
नारायणगढ–मुग्लिन सडक निर्माण क्षेत्रमा मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की पुगिसकेका थिए ।
आजभोलि रातको समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुट हेरी साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरेको छ ।
बाटो बन्दको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेपी रहेका छन् ।सडकमा रात्रिकालीन समयमा संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: