×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले मिडियालाई ‘कन्ट्रोल’ गर्दैनः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारलाई सरकारले नियन्त्रण नगर्ने बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनलाई राजधानीमा उद्‍घाटन गर्दै प्रधानमन्त्रीले सञ्चार क्षेत्रका लागि सरकार सहयोगी हुने विश्वास दिलाए । ‘सरकारले विज्ञापनलगायत कुनै पनि विषयमा मिडियालाई कन्ट्रोल गर्दैन,’ उनले भने ।
प्रधानमन्त्रीले नेपालमा धेरै पत्रपत्रिका रहेकाले सञ्चालन गर्न धेरै कठीन रहेको आफूले महसुस गरेको बताए । ‘तपाईंहरुलाई मिडिया चलाउन गाह्रो छ,’ उनले भने ।
लोकतन्त्र र गणतन्त्रका लागि मिडियाकर्मीको योगदान उल्लेख्य रहेको बताउँदै प्रधानमन्त्रीले मिडिया र राजनीतिक दल एक साथ हिड्न जरुरी रहेको बताए । सञ्चारमाध्यमले लोकतन्त्रका लागि सुझाव, चेतावनी र आलोचना गरेर राजनीतिक दललाई सहयोग गर्न सक्ने बताए ।
कार्यक्रममा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतले सम्बोधन गरे । महासंघको बन्द सत्र आइतबारदेखि नै सुरु हुने र सोमबार बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष विष्टले जानकारी दिए ।
देशभरका १५ सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि पत्रकारहरु तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगर प्रतिस्पर्धामा छन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: