सिद्धार्थ बैंकको सेयर लिलामी आजदेखि खुला, बजार मूल्य ४३९ रुपैयाँ
Powered by Blogger.
सिद्धार्थ बैंकको सेयर लिलामी आजदेखि खुला, बजार मूल्य ४३९ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ बैंकले संस्थापक र सर्वसाधारण समूहको गरी कुल २ लाख ५३ हजार ९२२.१३ कित्ता सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको १३ हजार ५५०.८७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४० हजार ३७१.२६ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकी भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । नेप्सेमा सिद्धार्थको अन्तिम कारोबार मूल्य भने ४३९ रुपैयाँ छ । 

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर नक्सालमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । बोलपत्र भदौ १५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिने कम्पनीले जनाएको छ ।  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसामा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा छ ।


Published Date : Tuesday, August 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...