सिन्धु विकास बैंकको भदौ १८ देखि ८०% हकप्रद खुल्दै
Powered by Blogger.
सिन्धु विकास बैंकको भदौ १८ देखि ८०% हकप्रद खुल्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिन्धु विकास बैंकको भदौ १८ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा सिन्धुले १०ः८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद असोज २२ गतेसम्म भर्न पाइनेछ । बैकले ८०% हकप्रदका लागि भदौ ९ गतेदेखि बुक क्लोज गर्दैछ । यसआधारमा भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । सामान्ययतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने हुँदा भदौ ८ गते भित्र नै सेयर किनिसक्नुपर्नेछ । पुराना सेयरधनीले भने स्वत: हकप्रद भर्न पाउनेछन् । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ हुनेछ । चौथोे त्रैमासमा बैंकले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २० पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा छ ।

एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंबाट हकप्रद आवेदन दिन सकिनेछ । त्यसैगरी, सिन्धु विकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांस शाखा कार्यालय अनि नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सिन्धुको यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । 


Published Date : Friday, August 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...