समिट माइक्रोफाइनान्सको १००% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम मौका
Powered by Blogger.
समिट माइक्रोफाइनान्सको १००% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - समिट माइक्रोफाइनान्सको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । भदौं ८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । समिटले शुक्रबार (भदौ ९) देखि बुक क्लोज गर्दैछ । 

धितोपत्र बोर्डबाट समिट माइक्रोफाइनान्सले १ः१ अनुपातामा १०० रुपैयाँ दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ । १००% हकप्रदपछि कम्पनीको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिटको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३९ पैसा छ ।


Published Date : Thursday, August 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...