सनराइज बैंकको खुद नाफा १ अर्ब १६ करोडले वृद्धि, ४५.८३ % ब्याज आम्दानी
Powered by Blogger.
सनराइज बैंकको खुद नाफा १ अर्ब १६ करोडले वृद्धि, ४५.८३ % ब्याज आम्दानी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा सनराइज बैंकले २२.८७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकलको खुद नाफा ९५ करोड १३ लाख ७७ हजार रुपैयाँ  थियो भने अहिले १ अर्ब १६ करोड ८९ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । सनराइजले खुद ब्याज आम्दानी पनि ४५.८३ प्रतिशतले वृद्धि गरेर २ अर्ब १९ करोड २७ लाख १८ हजार रुपैयाँ पुर्याएको छ भने अघिल्लो आवमा खुद ब्याज आम्दानी १ अर्ब ५० करोड ३५ लाख ७२ हजार रुपैयाँ थियो । बैंकले ६१ अर्ब १ करोड ३२ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा बैंकले ५१ अर्ब ६५ करोड २ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा लगानी १८.२४ प्रतिशतले विस्तार भएर ५१ अर्ब ७३ करोड ९ लाख १९ हजार रुपैयाँ पुगेको छ । सनराइजले अघिल्लो आवमा ४३ अर्ब ७४ करोड ९१ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा थोरै बढेको छ । अघिल्लो आवमा १.२२ प्रतिशत खराब कर्जा रहेकोमा गत आवमा बढेर १.३७ प्रतिशत पुगेको छ । सनराइजको कस्ट अफ फन्ड पनि बढेर ६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बैंकको कस्ट अफ फन्ड ४.५२ प्रतिशत मात्र थियो । बैंकले चौथो त्रैमाससम्ममा चुक्ता पुँजी ७ अर्ब १ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । सनराइजले रिजर्भ कोषमा १७४.५३ प्रतिशतले बढाएर २ अर्ब ३१ करोड ५० लाख ७४ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्ष बैंकको रिजर्भ कोषमा ८४ करोड ३२ लाख ७१ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवैमा गिरावट आएको छ । अघिल्ले वर्ष २३ रुपैयाँ ९८ पैसा रहेको रहेको प्रतिसेयर आम्दानी यसपालि १६ रुपैयाँ ६६ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५६ पैसाबाट घटेर १३२ रुपैयाँ ९९ पैसामा आएको छ ।

प्रकाशित मिति : Wednesday, August 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...