×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुट दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले कोरोना महामारीको असहज परिस्थितिमा व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीले धेरै लामो समयदेखि बीमा शुल्क भुक्तानी नगरेका बीमा बीमितलाई समेत मध्यनजर गर्दै नविकरणका लागि प्रोत्साहन गरेको छ ।
कम्पनीले निषेधाज्ञा शुरु भएको मिति बैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको व्याजमा सत प्रतिशत छुट प्रदान गर्नेछ । त्यस्तै २ वर्ष अवधि २०७६ जेठ १६ गतेदेखि बैशाख १५ गतेसम्मको किस्ताको व्याजमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । अहिलेसम्म बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा पनि ३५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बीमितिले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फन पे, सेल पेस र आइएमई पेलगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने भएकाले समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: