×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको नाफा ३३५.५३% ले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ३३५.५३% ले धेरै  हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ५३.१७% ले बढेको छ भने बिमा कोषको आकार पनि १२.५८% ले बढेको छ । हालसम्म कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।संस्थाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: