×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आज काठमाडौँमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आउदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – ६२ बर्षे चिनियाँ उपप्रधानमन्त्री वाङ याङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको छ  । चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौँ आउँदै छन्  ।

साँझ ६ः१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा उत्रने भएका छन् । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: