×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकबाट सीईओ गलत्याईए ! आधा दर्जन कर्मचारीसहित कुमारी बैंकमा डेपुटी सीईओ भएर जाँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकका प्रमुुख कार्यकारी अधिकृत अनुुजमणि तिमिल्सिनालाई बैंकको बोर्डले गलत्याएर निकालेको छ । घुमाउरो पाराले बोर्डले राजीनामा दिन बाध्य बनाएर उनलाई निकालेको हो । उनले राजीनामा दिएपछी उनका भाई मनिष तिमिल्सिनाले समेत राजीनामा दिएका छन् । ‘दुइ भाई मिलेर बैंक डुबायौ’ भन्ने आरोप प्रत्यक्ष रुपमै पाएपछी सीईओ तिमिल्सीना यसअघि नै बैंकको बोर्डप्रति असन्तुष्ट थिए ।  यद्यपी यी दुवैको राजीनामा बोर्डले स्वीकृत गरिसकेको छैन ।
संचालकहरुको हुण्डी काण्ड दबाउन नसकेको, बैंकको धरान शाखामा नक्कली सुन धितो राखेर लिएको कर्जालाई पनि मिलाउन नसकेको, लगायतका आरोप उनीमाथि लागेको थियो । यी कुनै पनि काम गर्न नसकेपछि उनलाई बैंकको बोर्डले गलत्याएर निकाल्ने अनौपचारिक निर्णय गरेको थियो । उक्त कुरा थाहा पाएपछी आफ्नो इज्जत जोगाउन उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
बैंक स्रोतले दिएको जानकारी अनुसार सेन्चुरी बैंकबाट राजीनामा दिएर उनी बाफिया विरुद्ध चलिरहेको र निकै विवादमा आइरहेको कुमारी बैंकमा डेपुटी सीईओ भएर जाँदैछन् । उनी आफु निकटका सेन्चुरीका आधा दर्जनबढी कर्मचारी लिएर कुमारी बैंक जाँदैछन् । यसो त सेन्चुरी बैंकपनि ग्राहकको नागरिकता दुरुपयोग गरेको, नक्कली सुन राखेर कर्जा दिएको लगायतका विवादहरुमा पर्दै आएको बैंक हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: