×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४० लाख पचाउन बालकोटतिर

काठमाडौं । अखिल नेपाल चलचित्र संघका अध्यक्ष केपी पाठकले लाखौं रूपैंया हिनामिना गरेर संघबाट राजीनामा दिएको रहस्य खुलासा भएको छ । नेपाल चाईना मैत्री सम्बन्ध भएको ५० औं बर्षको उपलक्ष्यमा चाईनीज राजदुतावासले डकुमेन्ट्री बनाउने भन्दै ४० लाख सहयोग गरेको थियो ।
उक्त रकम पाठक समुहले १० मिनेटको डकुमेन्ट्री बनाउँदै अन्य रकम विभिन्न बहानामा झ्याम पारेका थिए । संघका अन्य पदाधिकारीले उक्त रकमको हिसाब किताब खोजेपछि अध्यक्ष पाठकले राजीनामा दिएका छन् । 
रकम हिनामिना गरेरको बिषयलाई लिएर बरिष्ठ कलाकार कृष्ण ढुगांनासहित तीन सदस्य टोलीले छानविन थालेको छ । छानविन पुरा नभएसम्म पाठकको राजीनामा स्वकृती समेत नहुने भएको छ । १० मिनेटको डकुमेन्ट्री बनाएर संघमा रहेका पाठकका केही खास व्यक्तिको मिलोमतोमा बाँकी रकम बाँडफाँट गरीएको चर्चा यतिखेर संघमा छ ।
डकुमेन्ट्रीमा खटिएका लेखक, निर्देशक, छायाँकन तथा डीजाईनर कसले कती पारिश्रमिक लिए त्यसको कुनै लेखाजोखा समेत अध्यक्षले राखेका छैनन् । पाठक र भूपेन्द्र खड्काको मिलोमतो र योजनामा उक्त रकमको हिनामिना भएको आरोप यतिखेर संघका अन्य पदाधिकारीले लगाएका छन् । संघद्वारा गत पुस २७ देखि माघ २ गतेसम्म धरानमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी स्वदेशी र विदेशी सयभन्दा बढी सेलिब्रिटी पाहुनालाई धरानका विभिन्न होटल रिजर्भ गरेर साताभर राखिएको थियो । 
करिब ३० लाख खर्च भएको बताइएको महोत्सवको व्यापक चर्चा भए पनि स्वदेशी र विदेशी पाहुना राखेर खाना खुवाएको पैसा संघका अध्यक्ष पाठकले नतिरी सम्पर्कविहीन भएका थिए । 
नेपाली चलचित्रका महारथी भनिने संघ अध्यक्ष पाठक, स्थानीय संयोजक दीपक श्रेष्ठले पैसा नतिरेको आरोप व्यपारीको छ । ३० लाख रूपैयाँ खर्च भएको बताइए पनि धरानका आधा दर्जन होटलमा बसेर खाएको रकम आयोजकले तिरेका छैनन् ।
विगतमा नेकपा (एमाले) मा आवद्ध रहेका उनी पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा भित्रिएका हुन् । यद्यपि स्वार्थबाट प्रेरित रही राजनीतिमा संलग्न रहँदै आएका उनी चलचित्र विकास वोर्डमा अध्यक्ष हुने लालचाबाट प्रेरित भई माओवादीमा प्रवेश गरेको आरोप बेला बेलमा लाग्ने गर्छ । 
रेड कार्पेट नामक ट्राभल एजेन्सीका सञ्चालक पाठक चलचित्र क्षेत्रका सफल कलाकर्मी त होइनन् तर माओवादीको शक्ति हातमा लिएर उनी संसार भर घुम्न भने सफल भएका छन् । मैना सुनारको घटनामा आधारित मैना चलचित्र निर्माण गरेका पाठकले गाजर नामक चलचित्र पनि निर्माण गरेका थिए । तर यो चलचित्र हलबाट प्रदर्शन गर्नको निम्ति भन्दा पनि पाठकलाई चलचित्रको राजनीतिको निम्ति भर्याङ बनाउनको निम्ति विशेष सहयोग मिलेको थियो । 
विगतमा नेकपा (एमाले) मा रहँदा समेत उनको व्यवहारबाट साथीहरू वाक्कदिक्क थिए । अहिले पुःन नेकपा (माओवादी केन्द्र) को कोटाबाट वोर्डको अध्यक्ष बन्न नपाए माओवादी छोडेर एमालेमा नै फर्कने मनसायले पाठक बालकोट दरबार धाइरहेको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: