×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साउन २२ गतेलाई कालो दिनका रुपमा मनाउँदै, लिम्बुवान राज्य बनाउनु पर्ने मागका कारण ९ जिल्लाहरु बन्द

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – आइतबार अरुण पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । विसं १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । 
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले तेह्रथुमको अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने मागका कारण बन्द गरेको हो । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना बन्द रहेका छन् । प्रेस र एम्वुलेन्सबाहेक कुनै पनि गाडी चलेका छैनन् । साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबारका लागि नौ जिल्ला बन्दको आह्वान गरेको छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: