×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेड ९औं वर्षमा प्रवेश, यी हुन् कम्पनीका ९ राम्रा काम र ९ ठगी-धन्दा !

काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेड स्थापनाको ९ औं बर्षमा प्रवेश गरेको छ । आफ्नो सेवा सुरु भएको दोश्रो वर्षमात्रै भएपनि कम्पनीले आफ्नो काम सुरु गरेको भने ९ बर्ष लागेको छ । कम्पनीले एक विशेष कार्यक्रमका बीच आफ्नो आठौँ बार्षिक उत्सव मनाएको छ । उक्त कार्यक्रमका अवसरमा चन्द्रागिरीमा भ्रामक विज्ञापन खेलेर पछिल्लो समय विवादित भएका तर जनताका प्रिय कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालसहित केक काटेर कम्पनीको ८ औं बार्षिक उत्सव मनाएका थिए । उक्त कार्यक्रममा कम्पनीका संचालक अम्बिका पौडेल, पत्रकार चन्द्रागिरी पुग्दा लुक्ने जीएम अविशेक विक्रम शाह र आफुलाई सुचना अधिकारी बताउने तर कम्पनीका कर्तुतबारे केहि पनि बोल्न नसक्ने कम्पनीका सुचना अधिकारी राजु पौडेल लगायत अन्य अथितिहरुको उपस्थिति थियो । 
कार्यक्रममा महजोडीले कम्पनीका विभिन्न संचालकहरुलाई केक खुवाएर खुसी बाँडेका थिए भने कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले आफ्नो मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा ढकालले चन्द्रागिरी हिल्सको स्थापना र हालको प्रगतिबारे बोलेका थिए । 
यी हुन् चन्द्रागिरी हिल्स लिमिटेडका ९ राम्रा काम :
१.चन्द्रागिरी हिल्स लिमिटेडले पर्यटनका लागि नयाँ संरचना बनाएको छ ।
२. घुम्ने खास ठाउँ नभएका बेला काठमाडौँ वरपरका बासिन्दाहरुलाई चन्द्रागिरी हिल्सले घुम्ने ठाउँ बनाइदिएको छ ।
३. चन्द्रागिरी हिल्स लिमिटेडका नाममा सयौंले रोजगारी पाएका छन् ।
४. काठमाडौँ नजिक नै केवलकारको मज्जा लिन खोज्नेहरुका लागि चन्द्रागिरी राम्रो विकल्प बनेको छ ।
५. कतै टाढा गएर सेमिनार वा केहि अन्य कार्यक्रम गर्न चाहाने आयोजकका लागि चन्द्रागिरी राम्रो विकल्प बनेको छ ।
६. काठमाडौँमा रहेका अभिवावकहरुले आफ्ना बाल बच्चाका लागि घुमाउने अर्को ठाउँ पाएका छन् ।
७. चन्द्रागिरी हिल्सले अप्रत्यक्ष रुपमा विभिन्न मिडिया, विभिन्न समानका इम्पोर्टरहरुलाई फाइदा भएको छ ।
८. चन्द्रागिरी पैसा हुनेहरुका लागि विदा मनाउने राम्रो ठाउँ बनेको छ ।
९. चन्द्रागिरीले डाँडामा होटलहरुको पनि निर्माण गरिरहेको छ, जुन पर्यटन क्षेत्रमा निकै सकारात्मक कुरा हो। 
चन्द्रागिरीले गरेका ९ ठगी-धन्दा 
१. कम्पनीले सक्कली भालेश्वर महादेवको मुर्ति लुकाएर धर्मका नामामा व्यापार गरिरहेको छ ।
२. मह जोडीलाई मतियार बनाएर कम्पनीले भ्रामक विज्ञापन प्रशारण गरिरहेको छ । जसका कारण मह जोडीपनि पैसामा बिक्न थालेछन् भन्ने चर्चा अहिले निकै चल्ने गरेको छ । गलत सुचना दिएर कम्पनीले जनतालाई ठगीरहेको छ ।
३. चन्द्रागिरीमा निकै महँगो मेनु छ । कम्पनीले कालोबजारी ऐन विपरित काम गरेर उपभोक्ता ठगीरहेको छ ।
४.चन्द्रागिरीको पूरै डाँडाको भाडा महिनाको १५०० छ । सम्बन्धित केहि व्यक्तिहरुलाई मुठीमा लिएर कम्पनीले देशलाई नै ठगीरहेको छ ।
५. कम्पनीले चन्द्रागिरी डाँडामा थुप्रै रुख बिनास गर्यो । भित्र भित्रै विभिन्न जडिबुटी तस्कर गरेको आरोप पनि चन्द्रागिरी लाई लागेको छ । यसरी पनि कम्पनीले देशलाई ठगीरहेको छ ।
६. कम्पनीले सुरुवातीका दिनमा सफ्टवेर नबनेको भन्दै करोडौं रुपैयाँ भ्याट छली गरेको थियो । बिजक पाउने जनताको अधिकारमाथि धावा बोल्दै उसले खुल्लमखुल्ला ठगी गरिरहेको छ ।
७. कम्पनीले ४० प्रतिशत स्थानीयलाई रोजगारी दिने बताएको थियो । तर उक्त रोजगारी अहिले स्थानीयले पाएका छैनन् । यसरी पनि कम्पनीले जनतालाई ठगीरहेको छ ।
८. कम्पनीले इतिहासलाई बंग्याएर हरेक कुरालाई व्यवसायीकरण गरिरहेको छ । यसरी जे भनेपनि पत्याउँछन् भन्ने भ्रम पालेर कम्पनीले सोझा नेपालीलाई ठगीरहेको छ ।
९. अन्तत: कम्पनीले जनताको भावनामाथि समेत खेलबाड गरेर जनतालाई ठगीरहेको छ । जनतासामु मह जोडीलाई बदनाम बनाएर होस् वा भगवानका नाममा नक्कली मन्दिर खडा गरेर कमाई खाने भाँडो बनाएर होस्, कम्पनीले हरेक दिन नेपाली जनतालाई ठगीरहेको छ । 
चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: