×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानुनी व्यवस्था कि ‘पैसाको पावर’ ? : ३ अर्व धरौटी मागियो तर एक रुपैयाँपनि नलिई छोडियो, अव मुद्धा पनि नलाग्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धेरैको अपेक्षा थियो, चुडामणि शर्मा यति सजिलैचाहिं उम्कन्नन् होला भनेर । तर भयो यस्तै । अरबाैं कर छली गरेको अाराेपमा पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई विना धरौटी थुनामुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसअघि उनलाई ३ अर्व रुपैयाँ धरौटी माग भएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।
यद्यपी शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहने बताइएको छ । तर थुनामुक्त गर्दा उनालाई कुनै पनि धरौटी नलिईनुले पनि अरु थुप्रै प्रश्नहरु उब्जाईदिएको छ । यता सर्वोच्च अदालतले यो मुद्दा अख्तियारको कार्यक्षेत्रमै नरहेको समेत भनेको छ । घुमाउरो पाराले अदालतको आदेशमा यहि लेखिएको छ । अदालतको फैसलामा अख्तियारको हिसाबै काल्पनिक रुपमा गरिएको आरोपसमेत लगाइएको छ । धरौटी माग वैयक्तिक स्वतन्त्रताको संविधानको व्यवस्था अनुरुप नभएको भन्ने पनि आदेशमा उल्लेख गरिएको छ । 
घुमाउरो पाराले अव उनलाई मुद्धा नलाग्ने स्पष्ट देखिएको छ । सुनुवाई जारी रहने भनिएपनि चुडामणि शर्मालाई यो प्रकरणमा अदालतले घुमाउरो पाराले सफाई दिएको देखिन्छ ।

पढ्नुहोस् पूरै फैसला

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: