×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकका सीईओको अर्को दादागिरी, ऋण नलिएका व्यक्तिलाई पठाइएको ‘तागेता पत्र’ फिर्ता लिन समेत अटेरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय सर्वाधिक विवादित बनेका सिभिल बैंकका सीईओ गोविन्द गुरुङले अर्को दादागिरी देखाएका छन् । केहि समयअघि ऋण नै नलिएका व्यक्तिलाई ६१ लाख ऋण तिर्न आउनू भनी पत्र सिभिल बैंकले पठाएपछी पत्र प्राप्त गर्ने ती व्यक्तिले सिभिल बैंकमा लिखित उजुरी नै दिएका थिए । उक्त उजुरीमा उनले बदनियत ढंगले आफुकहाँ उक्त पत्र आएकोले के कसो भएको हो बुझी जानकारी लिन र पत्र फिर्ता लिन आग्रह समेत गरेका थिए । तर सीईओको कुर्सीमा केहि समयअघिमात्र नियुक्त भएका गुरुङले उक्त पत्र फिर्ता लिनसमेत अटेरी गरेका छन् । 
सिभिल बैंकका सीईओले उक्त पत्र पठाएको ३ हप्ता पुगिसकेको छ । आफुले लिंदै नलिएको ऋण तिर्न तागेता पाएका व्यक्तिले उक्त पत्र फिर्ता लैजान औपचारिक प्रक्रिया थाल्न लिखित उजुरी नै दिएका थिए । सीईओ गुरुङले पनि भोलिपल्टै उक्त पत्र फिर्ता लिन पठाउने र आवश्यक अनुसन्धानसमेत गर्ने बताएका थिए । तर उक्त बाचा गरेको ३ हप्ता पुगीसक्दापनि पत्र फिर्ता लिन कुनै पनि प्रक्रिया चालिएको छैन ।
यता सिभिल बैंकले अन्तै गएको पत्रलाई आधार बनाएर उक्त ऋणका सक्कली ऋणीलाई समेत टर्चर दिईएको बुझीएको छ । कहिले तपाईंले रंगीन फोटोकपि गरेर अन्त पत्र पठाउनु भयो भन्ने त कहिले ऋणीले पाउँदै नपाएको पत्र लिएर जसरी पनि बैंकमा आउनु नत्र हामी आवश्यक कारवाही थाल्छौं भन्दै ऋणीलाई टर्चर दिईरहेका छन् । यसअघि बैंकका सीईओले समेत रंगीन फोटोकपि गरेर ऋणीले नै अरुलाई पत्र पठाएको झुटो दावी गरेका थिए । ऋण नै नलिएका व्यक्तिले पाएको पत्र शत प्रतिशत पत्रको सक्कल कपि हो भने बैंकका व्यक्तिहरुले गरेको आधिकारिक सक्कल हस्ताक्षरपनि स्पष्ट देख्न सकिन्छ ।
यसअघि मेगा बैंकबाट सिभिल बैंकमा आउँदा मेगाले दिएको गाडी फिर्ता नगरेपछि मेगाले उनीविरुद्ध प्रहरीमा उजुरी गरेको थियो । त्यहाँदेखि सुरु भएको उनको विवादित बन्ने सृंखला अहिलेसम्म रोकिएको छैन । उनी आएदेखि नै सिभिल बैंक झन् रोगी बनेको जानकारहरु बताउँछन् । त्यसपछि सिभिलमा घटेका नक्कली लालपूर्जा प्रकरणदेखि म्याद नै नसकी ऋणीको सम्पत्ति लिलाम गरिएको प्रसङ्गसम्म उनको नाम जोडिएको छ । राष्ट्र बैंकको आँखा छलेर किर्ते काम गरेको प्रकरणमा पनि सिभिलका अन्यसहित उनको नाम ‘फ्रन्टलाइन’ मै चर्चा भएको थियो । पछिल्लो समय ऋण नै नलिएका व्यक्तिलाई ऋण तिर्न आउ भन्ने पत्र पठाउने र पत्र फिर्ता लैजानुहोस् भन्दा पनि अटेरी गर्ने दादागिरी शैलीको काम गरेपछि उनी थप विवादमा आएका छन् ।
यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: