×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसभित्र गुटमा पानी बाराबार, पौडेलले चित्त दुखाउँदै भने ‘शेरेका तिघ्रेले दुख दिए’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वको सरकार बिस्तारका क्रममा गुट÷उपगुटको व्यवस्थापन गर्न नसक्दा र मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा खटपट भएको छ । देउवाले पछिल्लो पल्ट बिस्तार गरेको मन्त्रीपरिषद्मा पर्न मरिहत्ते गर्ने नेताहरु मन्त्री बन्न नपाएपछि चित्त दुखाउँदै पार्टी नेतृत्वलाई सत्तो सराप समेत गर्न थालेका छन् । 
देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि साउन ११ गते मन्त्रीपरिषद् बिस्तार गर्दा पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्षमा समेत बिबाद भएको हो । नेता रामचन्द्र पौडेलले कांग्रेसले मन्त्रिपरिषद्मा पाउने मन्त्रालयमध्ये आफ्नो गुटलाई ४० प्रतिशत पाउनै पर्ने अडान लिएका कारण र आफ्नै गुटबाट मन्त्रीका आकांक्षी धेरै भएपछि देउवाले ढिलो गरी मन्त्रीपरिषद् बिस्तार गरेका थिए । 
देउवाले गुट र उपगुटका मन्त्रीका आकांक्षीलाई चित्त बुझाउँदा स्थानीय तहमा सबैभन्दा बढि स्थान जिताउन सफल मोरङ, गोरखा र नवलपरासीबाट एक जनालाई पनि मन्त्री बनाएनन् । यि जिल्लाबाट कांग्रेसले नौं, नौं वटा स्थानीय तहमा जित हासिल गरेको थियो । 
पुरानो संस्थापन पक्ष (कोइराला—पौडेल) लाई छोडेर पछिल्लो डेढ बर्षदेखि सभपाति देउवाको पक्षमा उभिएका र पार्टी संसदीय दलको प्रमुख सचेतक समेत भएका चिनकाजी श्रेष्ठ मन्त्रिपरिषद्मा पर्न नसक्दा सबैभन्दा धेरै चित्त दुखाउनेमा परेका छन् । उनले अन्य दल एमाले र माओवादीका संसदीय दलका सचेतकहरु चार जनासम्म मन्त्री हुँदा पनि आफ्नो पालो नआएको भन्दै चित्त दुखाएका थिए । उनले निरंकुश पञ्चायती व्यवस्थामा समेत यस्तो मानसिक तनाव नभोगेको भन्दै सभपाति तथा प्रधानमन्त्री देउवालाई पञ्चायती व्यवस्थाले सृजना गरेको यातना भन्दा बढी पीडा दिने व्यक्तिको रुपमा चित्रित गरेका छन् । 
देउवाकै गुटका यूवा नेता भिष्मराज आङदम्वेलाई पनि देउवाले अन्तिम समयमा आएर मन्त्री नबनाएकोमा ठूलै चित्त दुखाए । उनले आदिवासी जनजाति भएर मात्र होइन, चाकडि र चप्लुसी गर्न नसक्ने आफ्नै कमजोरीलाई धिक्कार्दै थिए, आफ्ना नजिकका साथिहरुसँग । 
पार्टीको १३ औं महाधिवेशनमा पुरानो संस्थापन पक्षलाई छोडेर देउवालाई साथ दिन आएका पर्बतका अर्जुनप्रसाद जोशीले देउवालाई सभपातिमा जिताउन राम्रै भूमिका खेलेका थिए । उनी पार्टीको जनसम्पर्क समितिका संयोजकको हैसियतले देउवाको पक्षमा माहौल बनाएका थिए, तर उनी नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर देउवा गुटबाट पराजित भए । केन्द्रीय सदस्य बनाइएका जोशीले मन्त्रीपरिषद् बिस्तार हुनु अघिल्लो साँझबाट मन्त्री हुनेको लिस्टबाट आफ्नो नाम काटिएकोमा खुवै चित्त दुखाएका छन् । उनले पार्टी महाधिवेशमा देउवालाई लगाएको गुन सम्झना नभएर होला, आफू मन्त्री बन्न सकिन भन्दै प्रतिक्रिया दिँदै हिँडेका छन् ।
श्रेष्ठ, आङदम्वे र जोशीलाई मन्त्री बनाउने भनेर अन्तिममा धोका दिए पछि कोही पनि सपथ समारोहमा गएनन् । श्रेष्ठ दौरासुरुवाल लगाएर सपथ भनेर जान लागेकाले घरमा थचक्क बसे भने आङदम्वे ललितपुरको गोदाबरी तिर लागेका थिए । 
पार्टीका पूर्वउपसभापति रामचन्द्र पौडेल गुटमा भने मन्त्री बन्ने बिषयमा ठूलै पहिरो गएको छ । पौडेल गुटमा असन्तुष्टि यति चुलिएको छ कि, उनकै गुटबाट महामन्त्री बनेका डा. शसांक कोइराला राम्रोसँग पौडेलसँग दिल खोलेर बोल्दैनन् । उनलेको चित्त दुखाई मन्त्री बन्न नपाएकोमा भन्दा पनि सभापतिलाई असहयोग गर्दै गुट बलियो बनाउने र आफ्नो सल्लाह नमान्ने भन्ने बिषयमा बढी थियो । 
सभापति देउवाले जेठ २३ गते प्रधानमन्त्रीको सपथ खाएकै बेला महामन्त्री डा. कोइरालालाईा उपप्रधानमन्त्रीसहित एउटा मन्त्रालय दिन चाहन्थे । तर, पौडेलले नै रोकेको थिए । देउवा त्यतिबेलै मोरङका महेश आचार्यलाई सञ्चार मन्त्री बनाएर क्याविनटमा लान चाहन्थे । पौडेलको अबरोधले मन्त्रिपरिषद्मा जान नपाएपछि कोइराला र आचार्य त्यसैबेलादेखि पौडेलसँग चिडिएका छन् । 
पछिल्लो पटक मन्त्रीपरिषद् बिस्तार गर्दा महामन्त्री कोइरालाले दीपक गिरीलाई पुन मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव गरेका थिए तर पौडेलले मञ्जुरी दिएनन । उनले महिलाको समेत प्रतिनिधित्व हुने भन्दै झापाकी नेतृ तथा विगत चार बर्षदेखि अचेत अवस्थामा वाँचीरहेका नेता चक्र बास्तोलाकी भाञ्जी सरिता प्रसाईंलाई मन्त्री बनाउने प्रस्ताव गरे । कोइरालाको यो प्रस्तावलाई समेत पौडेलले लत्याएपछि उनले सबै निर्वाचितलाई मन्त्री बनाउने भन्दै काश्कीका यज्ञ थापा र बर्दियाका सञ्जय गौतमको नाम अघि सार्नु परेको थियो । 
पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा पौडेलले आफूहरुको नाम कटाएको भन्दै पाका नेता आनन्दप्रसाद ढुंगाना र डा. शेखर कोइराला तीन महिनाअघि देखि नैं पौडेलसँगको सम्बन्धबाट टाढिएका छन् । पछिल्लो समय मन्त्रिपरिषद् बिस्तारमा पौडेलले सल्लाह गर्न समेत बोलाउन छाडेपछि ढुंगाना र डा. शेखर पौडेलसँग रुष्ट बनेका छन् । 
नेता पौडेलले मन्त्री बनाउँछु भनेर पनि अडान लिन नसकेको भन्दै पौडेल गुटकै नेता बलबहादुर केसी यतिवेला पौडेलसँग चिढिएका छन् । यहाँसम्मकी केसीले अब मलाई मन्त्रि बनाउन देउवालाई दबाब दिन नसकको परिणाम देखाइदिने चेतावनी समेत दिएका छन् । उनले पौडेललाई भेटेर आफ्नो गुटबाट पाँच जनालाई यो यो मन्त्रालय देउ नत्र मन्त्रीपरिषद् नैं बहिस्कार गर्छु भनेर धम्क्याउन पौडेललाई उकासेका थिए । केसीको नाम पौडेलले सिफारिस गर्नासाथ चिढिने गरेका देउवाले अर्को नाम सिफारिस गर्न भनेका थिए । तर पौडेलले केसीको बिकल्पमा महामन्त्री कोइरालासँग सल्लाह गरेर नाम दिएका थिए । केसीले मन्त्रीपरिषद्मा आफ्नो नाम नपठाए पौडेललाई ठीक पारिदिने चेतावनी दिएको र पूर्व महामन्त्री प्रकाशमान सिंहले राजेन्द्र केसीलाई मन्त्री नबनाए पौडेल गुट नैं छाडिदिने धम्की दिएका थिए । केसी र सिंहको चेतावनी र धम्कीबाट अवाक भएका पौडेलले आफ्नै गुटका केही सांसदसँग “शेरेका तिघ्रेहरुले मलाई सताउन थाले कसरी सम्झाउनु होला” भनेर निकै चित्त दुखाएका थिए । 
नेपाली कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस  प्रजातान्त्रिक गठन गर्दा सिंह र केसी दुवै जना देउवाका दाहिने हात थिए । दुवै जना लाठि मुंग्री र हातपात गर्नपनि पछि नपर्ने लडाकु स्वभावका भएकोले पौडेलले दुवैलाई तिघ्रेको उपमा पौडेलले सिंह र केसीलाई देउवाले  आफूलाई दुख दिन पठाएको हो कि क्या हो भनेर पाँच नम्वर प्रदेशका केसी सांसदसँगको भेलामा आशंका पनि व्यक्त गरेका थिए । 
यता खुमबहादुर खड्का गुटबाट मन्त्री बन्ने प्रयास गरेका संखुवासभामा दीपक खड्का, दाङका बुद्धिबहादुर भण्डारी, पार्वती डिसी चौधरी  खड्कासँग चिढिएका छन् । उनीहरु मन्त्रीका आकांक्षी थिए । 
कृष्णप्रसाद सिटौला गुटबाट चर्चा बटुलेका गगन थापाले पनि आफू पुन मन्त्री हुन पाउनु पर्यो भन्दै सिटौलाई दबाब दिएका थिए । उनले माओवादी केन्द्रबाट राम्रो काम गरेको भन्दै जनार्दन शर्मा मन्त्री हुन पाउने म किन नपाउने भन्दै सिटौलासँग घुर्की पनि देखाएका थिए । पछि उनले अनलाईन मिडिया मार्फत आफूले स्वास्थ्य मन्त्री हुँदा धेरै राम्रो काग गरेको तर स्वास्थ्य प्रतिष्ठानहरुको उपकुलपति नियुक्ती गर्दा भने सिटौलाले नैं नेतृत्व लिएको भन्दै दोष थोपरेको थिए । सिटौलाबाट सम्भावना नदेखेका थापा पछि देउवा र ससुरा अर्जुननरसिंह केसीको शरणमा समेत पुगेका थिए रे । तर उनलाई देउवा र ससुरा केसी दुवैले वास्ता नगरेपछि थापा थच्किएर बसेका थिए । -जनप्रहार साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: