×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री देउवाले भने – राजपाले सहभागिता नदेखाए पनि चुनावको मिति सर्दैन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले  प्रदेश नम्बर–२ मा आगामी २ असोजका लागि घोषित स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) समेत निर्वाचनमा सहभागी गराउने प्रयत्न जारी रहेको र अन्त्यमा असहमति देखाए पनि चुनाव भएरै छाड्ने जानकारी दिएका छन् ।                                                                                                                                                                   

राजपाका माग सम्बोधन गर्न आफ्नो पार्टी काँग्रेस र सत्तारुढ दलहरु तयार भए पनि प्रमुख विपक्षी एमालेको समर्थन बिना संशोधन असम्भव भएको देउवाले बताए । संशोधनका लागि एमाले तयार भए कांग्रेस तयार रहिरहेको देउवाले बताएका छन् ।
सकेसम्म राजपालाई पनि  निर्वाचन सहभागी गराउने हो तर यदि राजपा निर्वाचनका लागि तयार नभए चुनावको मिति नसर्ने समेत उनले प्रस्ट परेका छन् । तेश्रो चरणको स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने, पहिलो र दोश्रो चरणमा ५० स्थानीय तहमा भन्दा बढीमा जितेको एमालेलाई तेश्रो चरणमा पनि पछि पर्ने देउवाले दाबी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: