×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : गण्डकी बिकास बैंकले सिएहरुको मानहानी हुनेगरी छापेको सुचना सच्यायो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गण्डकी बिकास बैंकले सिएहरुको मानहानी हुने गरी छापेको सूचना सच्याएको छ । सिए हुन पूरा गर्नुपर्ने प्रक्रियामाथि नै धावा बोल्दै सिएहरुको मानहानी हुने गरी बैंकले विभिन्न पत्रपत्रिकामा सुचना प्रकाशित गरेको थियो । यसबारे अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि गण्डकी बिकास बैंकले आफ्नो सुचना सच्याएको हो । पहिलाको सुचनामा आर्टिकलशिप सकेको सिए भन्दै बैंकले भ्याकेन्सी सूचना निकालेको थियो । जवकी आर्टिकलशिप नसकी सिए नै भइदैन ।
यद्यपी विभिन्न पत्रपत्रिकामा सुचना निकालेको बैंकले सच्याइएको सुचना भने वेवसाइटमा मात्र राखेको छ । यसले बैंकको नियतमाथि प्रश्न चिन्ह उठेको छ । विशेषगरी बैंकका सीईओ रेशमबहादुर थापा सिएप्रति निकै नकारात्मक भएको चर्चा यसअघि पनि चल्ने गरेको थियो । यो प्रकरणले उक्त चर्चालाई थप बढावा दिएको छ । 
यता जागिर खोज्ने युवतीहरुको समेत मोबाइल नम्बर समेत सार्वजनिक गरेको बैंकले उक्त निर्णय पनि सच्याएको छ । अहिले वेव साइटबाट जागिरको आवेदन दिनेहरुको नम्बर हटाइएको छ । बैंकले गरेको यसखाले गल्तीले केहि युवतीहरु यौन हिँसामा परेको खबर समेत बाहिर आएको थियो ।
यो पनि पढ्नुहोस् :

           
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: