ग्यासको मूल्य २५ रुपैयाँ घट्यो !


काठमाडौँ - खाना पकाउने ग्यासको मूल्य घटेको छ । आयल निगमले प्रति सिलिन्डर २५ रुपैयाँले मूल्य घटाएको हो । घटेको मूल्य मंगलबार रातिदेखि कार्यन्वयन हुनेआयल निगमले बताएको छ । यस अघि ग्यासको मूल्य प्रति सिलिण्डर १४२५ रुपैयाँ रहेकोमा अब १४ सय रुपैयाँमा पाइने छ । पेट्रोल,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।
प्रकाशित : Tuesday, August 01, 2017

recent

Popular Posts