×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका यी ३ काण्ड तपाईंलाई थाहा छ ? यसरी खाताबाट पैसा हराउँछ, ठग्नेले ठगीरहन्छन्…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकका यी ३ काण्ड तपाईंलाई थाहा छ ? यसरी खाताबाट पैसा हराउँछ, ठग्नेले ठगीरहन्छन्…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आफुलाई निकै अब्बल भनेर दावी गर्ने ग्लोबल आइएमई बैंकबाट कारोबार गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने होसियार रहने बेला भएको छ । किनकि बैंकमा ठगी, र जालसाझीका एक-एक घटना बाहिर आउन थालेका छन् । २ लाख को धीतो राखेर ६७ लाख ऋण लिएको समेत पत्तो नपाउने बैंक आफ्ना ग्राहकको खाताबाट पैसा हराउँदा पनि रमिते बनेको खुलासा भएको छ । अर्थ सरोकार डटकमले ग्लोबल आइएमई बैंकमा भएको शंकास्पद कारोबारमाथि अख्तियारले सबै खाता विवरणहरु मगाएर अनुसन्धान गरेकोबारे समाचार प्रकाशन गरेपछि ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको रबैयाबारे खुलेर बोल्न थालेका छन् । यस्तै बैंक भित्र भएका विभिन्न काण्डहरुबारे हाम्रा पाठक र बैंकका ग्राहकहरुले नै खुलाउन थालेका छन् । 

काण्ड नम्बर १ : ग्राहकको खाताबाट रकम हरायो, घटना लुकाउन खोजियो 
अर्थ सरोकार डटकमलाई बैंकका एक ग्राहकले दिएको जानकारी अनुसार यो घटना गत माघ ९ गतेको हो । सिरहाको लहानस्थित ग्लोबल आइएमई बैंकबाट सप्तरी सारश्वर-४ गौरा घर भएकी अनितादेवी रामको १६०७०१०००६३८१ नम्बरको खाताबाट ३ लाख १० हजार रुपैंया रकम गायब भएको थियो  ।
‘माघ ९ गते म बैंकमा पुगेर ब्यालेन्स चेक गरिदिन आग्रह गरेँ । बैंकका कर्मचारीले रकम मात्र १६ हजार रहेको बताए ।मेरो खातामा ३ लाख बढी रकम हुनुपर्ने थियो । म त अचम्ममा परें । त्यसपछि मैले बैंकका मेनेजर विशाल गुप्तालाई भेटें । मेनेजरले रकम तीन पटक गरेर मेरो खाताबाट निकालिएको बताएपछी म त छाँगाबाट खसेजस्तै भएँ । बैंकका कर्मचारीले हामी बुझ्छौं तपाईं भोलि आउनुहोस् भनेपछि म भोलिपल्ट बैंक पुगें ।  बैंकका मेनेजरले मलाइ मेरो खाताबाट रुपेश यादब र राहुल यादबले रकम झिकेको बताए ।’
‘म त तीन छक परें । चेक हेरेँ । चेकमा सही मिलेको थिएन् । सहि नै नमिली बैंकले कसरी उनीहरूलाई बैंकले रकम दियो ? मलाई लाग्छ बैंकको कर्मचारीको पनि मिलोमतोमा मेरो खाताबाट रकम निकालेका थिए उनीहरूले । मेरो चेक बुक हराएको रहेछ । तर मेरो सहि कसरी उनीहरुले थाहा पाए र ? बैंकका कर्मचारीले पनि माले यो घटना कहीं कतै नभन्नु भनेका थिए । यसबाट यो सब बैंकका कर्मचारीको मिलेमतोमा भएको प्रष्ट हुन्छ । मेनेजर साप यस्तो कुरामा बैंकलाई मतलव नभएको बताउँछन्’ पीडीतले सुनाइन् ।
काण्ड नम्बर २ : धितो २ लाखको, कर्जा ६७ लाख !
यस्तै २०७२ को भदौ तिर पनि यस्तै अर्को घटना बाहिरिएको थियो । करिब दुई लाख रुपैयाँको जग्गा बैंकमा धितो राखेर दुई व्यापारीले ६७ लाख ५० हजार रुपैयाँ कर्जा लिंदा पनि बैंकले पत्तो पाएन । पछीमात्र तथ्य पत्ता लागेपछि भोजबहादुर बुढाथोकी र रविभक्त सैंजूलाई सिआइबीले पक्राउ गर्यो । पञ्चशील फुड प्रालिको नाममा कर्जा लिएर यस्तो ठगी भएको थियो । तर मूल्यांकनकर्ता कसरी झुक्किए ? बैंकले किन भेरिफाइ गरेन ? ठुलो रहस्य अहिलेसम्मपनि रहस्यको गर्वमै छ । 
बुढाथोकीको नाममा धुलिखेल नगरपालिका– २ मा रहेको एक रोपनी जग्गा रहेकोमा अरनिको राजमार्ग छेउको जग्गा आफ्नो भएको भन्दै ६७ लाख ५० हजार कर्जा लिएका थिए । नक्कली ट्रेस नक्सा र ब्लुप्रिन्ट बनाएर बैंकलाई झुक्याई कर्जा लिएपछि कर्जा नतिरी उनीहरूले ठगी गर्नु उनीहरुको ठगी थियो वा बैंकका कर्मचारीहरुको समेत मिलेमतो थियो भन्ने तथ्य अहिलेसम्म खुलेको छैन । बैंकले पछि ऋणीका नाममा उजुरी गर्यो । अनुसन्धान पनि भयो । उनीहरुले ठगी गरेको भन्ने प्रहरीले जानकारी दियो । तर यति सजिलै कसरी बैंक झुक्कियो त ? यो खेलको पर्दापछाडीको यथार्थ अझै बाहिर आएको छैन ।
काण्ड नम्बर ३ : अध्यक्षलाई नै अख्तियारले डाम्न खोजेपछि यस्तो सेटीङ’
घटना गत माघ महिनाको हो । ग्लोबल आइएमई बैंकको सम्पूर्ण खाता विवरण अख्तियार पुगेपछी अनुसन्धान थालिएकोमा ६ महिनासम्मको अनुसन्धान तुहाउने खेलमा आइएमई समूह लागिपरेको खुलासा भएको छ । शंकास्पद कारोबार गरेको खुलासा भएपछी बैंकको विवरण मगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १८ गते सम्पूर्ण खाता विवरण माग गरेको थियो भने बैंकले अख्तियारको माग बमोजिम खाता विवरण अख्तियारमा बुझाएका थिए । 
तर ग्लोबल आईएमई बैंकका यस्ता विवरणमा शंकास्पद कारोबार भएको भन्दै पूरै समूहनै उक्त अनुसन्धान तुहाउने खेलमा लागेको स्रोतको दावी छ । ‘अहिले यो अनुसन्धान तुहाउने खेल भएको छ । ग्लोबल आइएमई बैंकलाई कारवाही नगर्ने गरी सबै ‘सेटीङ’ मिलाइएको छ ।’ स्रोतले भन्यो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतको विशेष अनुसन्धान महाशाखाका रितेशकुमार शाक्यको नाममा ग्लोबल आईएमई बैंकले पत्राचार गरेर खाता विवरण र सञ्चालकहरुको नाम पठाएको थियो ।
(यस विषयमा हामी थप अनुसन्धानका क्रममा छौं।)

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: