×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडा अटो शोमा हुन्डाईको गाडी किन्नुभो ? तपाईंजस्तो महामूर्ख अरु को होला र ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नाडाद्वारा आयोजित नाडा अटो शो अहिले भृकुटीमण्डपमा चलिरहेको छ । विभिन्न ब्राण्डका गाडीहरु उक्त मेलामा किनबेच भइरहेको छ । तपाईंले पनि गाडी किन्ने सुर गर्नुभएको छ होला वा किन्नुभयो होला । गाडीहरुकै भीडमा तपाईंले हुन्डाईको गाडी किन्नुभयो भनेचाहिं आफुलाई संसारमा सबैभन्दा मुर्ख मानिस सम्झनुहोला । किनकि आफु ठगीदै छु भन्ने जान्दाजाँदै पैसालाई खोलामा बगाउने तपाईंले कि त घुस खाएर त्यस्तो पैसा कमाएको हुनुपर्छ, कि त तपाईंको मगज ठिक नभएर त्यसरी पैसा फालेको हुनुपर्छ, कि त तपाईं महामुर्ख हुनुपर्छ ।

हुन्डाईको गाडी किन्ने तपाईं यसकारण महामुर्ख !
नेपालमा चलेका गाडीहरुमध्ये पछिल्लो समय ‘हुन्डाई’ को गाडीमा अत्याधिक लुट रहेको फेला परेको छ । उक्त कम्पनीका गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि नामको कम्पनीले जनतालाई त ठगीरहेको छ नै, देशको विद्यमान कानुन नमानेर समेत दादागिरी देखाईरहेको छ ।  गाडी किन्दा कम्पनीले पाउने स्वाभाविक नाफाभन्दा बढी रकम असुलेर लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले लुटधन्दा चलाईरहेको छ भने ग्राहकले विनासित्ति मोटो रकम अनाहकमा बुझाइरहेका छन् । आफुले चढेको गाडी यति वा उति पैसाको भन्ने रवाफ देखाउने होडबाजीमा होस् वा कम्पनीको मनपरीका कारण नेपालको नीति विपरित गाडी खरिद विक्री हुने गरेको छ ।   

नक्सालमा कार्यालय भएको  लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले दक्षिण कोरियामा उत्पादन हुने ‘हुन्डाई’ कार बिक्री गर्छ । हुन्डाईको पेट्रोलबाट चल्ने ‘ग्रान्ड माज्ना’ करसहित १६ लाख ६९ हजारमा आयात गरेर कम्पनीले २६ लाख ५६ हजारमा बिक्री गर्छ । अर्थात एउटा गाडीमा झन्डै १० लाख नाफा खाएर विक्री गर्छ कम्पनीले ।
धेरै चलेको ब्राण्डका नाममा ‘ग्रान्ड माज्ना’मा लक्ष्मी इन्टरकन्टिनेन्टलले अत्याधिक लुट मच्चाएको छ ।  २०% भन्दा बढी नाफा राखेर सामान बेच्न नपाइने भन्ने सरकारी नियम भएपनि ऐनको स्पष्ट व्यवस्थालाई अटेर गरी कम्पनीले लुट मच्चाईरहेको छ । तराइको एक भन्सार कार्यालयबाट हामीले लिएको तथ्यांक अनुसार लक्ष्मीले एउटा कारमा ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको कागजअनुसार भन्सार छुट्ने बेलामा ग्रान्ड माज्ना कारको मूल्य १६ लाख ६९ हजार ६ सय ७० रहेको छ ।  अनि यस्तो लुट छ भन्ने जान्दाजान्दै पनि हुन्डाईको गाडी किन्ने तपाईं महामुर्ख नभए को होला र ?
हेर्नुहोस् यस्तो छ हुन्डाईको लुट !
यसो त हुन्डाईले यो मोडलको गाडीमा मात्र लुट मच्चाएको भने होइन । अन्य २० वटा मोडलका गाडीहरुमा नै लक्ष्मीले यस्तो लुट मच्चाउने गरेको तथ्य फेला परेको छ । कम्पनीले १९७६१०८ रुपैयाँमा खरिद गर्ने Grand Asta O (Petrol) गाडी ३०५६०००मा बेच्ने गरेको छ । यो भनेको विक्रिमा ५४.६६ प्रतिशत नाफा हो । यस्तै कम्पनीले Eon Delite (petrol) १०८९४४० रुपैयाँमा खरिद गर्छ भने १६५६००० मा विक्री गर्छ । यो भनेको विक्रिमा ५२ प्रतिशत नाफा हो ।  
यस्तै ११६३८९२ रुपैयाँमा कम्पनीले खरिद गर्ने Eon Delite (petrol)+ मोडलको गाडी कम्पनीले १७५६००० अर्थात झन्डै ५१ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै कम्पनीले Eon Era + (Petrol) मोडलको गाडी १२५६१११मा किनेर १८९६००० अर्थात  ४९ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै 120 Active SX (Diesel) मोडलको गाडी ३१०६२१९ रुपैयाँमा किनेर कम्पनीले ४५५६००० अर्थात ४७ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ।     
यता Creta मोडलका हरेकजसो मोडलमा कम्पनीले लुट मच्चाउने गरेको छ । कम्पनीले Creta 1.6 Base(petrol) २८३३७९८ रुपैयाँमा किनेर ४१५६००० मा बेच्ने गरेको छ । यो भनेको नाफामा उसले ४७ प्रतिशत नाफा लिने गरेको छ । यस्तै Creta १.६ SX (O) (Diesel) मोडलको गाडी कम्पनीले ४१८९१०० रुपैयाँमा किनेर ६०९६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ४६ प्रतिशत हो । यस्तै Creta १.६(S) (Petrol) मोडलको गाडी ३१४२३०४ रुपैयाँमा खरिद गरेर कम्पनीले झन्डै ४५ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ। 
यस्तै कम्पनीले Creta १.४ Base (Diesel) मोडलको गाडी ३१७४९६७ मा किनेर ४५५६००० रुपैयाँमा बेची झन्डै ४४ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta १.६ SX + A/T (Diesel) ४३५७८८३ मा किनेर ६१५६००० अर्थात ४१.२६ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta SX+ (Diesel) मोडलको कार ४१८९१०१ रुपैयाँमा किनेर ५७५६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ३७.४० प्रतिशत हो ।
यस्तै Creta का  अन्य केही मोडलहरुमा पनि कम्पनीले लुट मच्चाएको छ । ती गाडीहरुमा कम्पनीले ३० देखि ४० प्रतिशतको हाराहारीमा नाफा कुम्ल्याउने गरेका छन् । यद्यपी कम्पनीले टक्सन जिएलएस एटी हाइ ट्रिम, टक्सन जिएलएस एटी लो ट्रिम र टक्सन जिएलएस एमटी लो ट्रिम मोडलको गाडी विक्री गर्दा भने नियम अनुसार नै गरेको छ । यी गाडीहरुमा उसले ज्यादा नाफा राखेको छैन ।
उपभोक्तावादीको मुख थुन्न मोटो रकम कमिसन, तपाईंलाई ठग्दैछ हुन्डाई !
यसरी उक्त कम्पनीले गाडी आयात गरेर बेच्दा नियम विपरित नाफा असुल्ने गरेको भएपनि यसविषयमा कुनै पनि निकाय बोलेको छैन । ‘सबैतिर सेटिङ हुन्छ, को बोल्नु ?’ कम्पनीकै एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, ‘गाडीको व्यापार त खास व्यापार हो । यहाँ धनीमानीहरु आउने हुनाले कति पैसा खर्च गर्ने भन्ने कुरा कसैलाई मतलव नै हुँदैन । सबैलाई महँगोमा गाडी किन्नु छ । लक्ष्मीको एकाधिकार भएकाले यी मोडलहरुमा उसले जे गरेपनि पाउँछ । सबैतिर सेटिङ छ, कोहि बोल्दैनन् ।’ उनले भने ।
कम्पनीकै एक कर्मचारीले दिएको जानकारी अनुसार कम्पनीले उपभोक्तावादी भनिएकाहरुलाई पनि मोटो रकम कमिसन बाँड्ने गरेको छ । ‘यस्ता उपभोक्तावादीहरु भनेका दशैं-तिहारमा खर्च जुटाउन बार्गेनिङ गर्न आउने हुन् । यिनलाई कमिसन दिएर यिनीहरुको मुख थुन्ने गरिन्छ । सेटिङ मिलेपछि सरकारी अनुगमन टोली आउने कुरा नै भएन ।  अव अलिअलि बोल्ने मिडियाले हो । यस्ता बोल्ने खालका अधिकांस मिडियाको मुख कम्पनीले थुनेकै छ । अरु कसले हेर्ने ? कसले बोल्ने ? यो त लुट मच्चाउने थलो हो ।’ उनले भने ।                

यस्तो छ कानुनी व्यवथा, कम्पनी भन्छ, ‘हाम्रो काम नै जनता लुट्ने हो’
नेपालका विभिन्न विद्यमान कानुनले २० प्रतिशत भन्दाबढी नाफा खाएर कुनै पनि समान बेच्न प्रतिबन्ध गरेको छ । कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले समान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिनु गैरकानुनी हो भनी स्पष्ट लेखेको छ । 
सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुशार सामान्यत सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’ यो ऐनको व्यवस्था हेर्ने हो भने न्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । 

यसबारे हामीले यसरी लुट मच्चाउने कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिमा बुझ्ने प्रयास गरेका थियौं । यस कम्पनीका मालिक  निराकार श्रेष्ठसँग सम्पर्क नभएपछी हामीले कम्पनीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिस ओझालाई सम्पर्क गर्ने प्रयास गर्यौं ।  उनले हामीसँगको कुराकानीमा यसअघि नै आफ्नो काम जनता लुट्ने भएकाले आफुहरु जनता लुटीरहने बताएका थिए । ‘पत्रकारको काम लेख्ने हो लेखीरहून्, हाम्रो काम कार बेच्ने हो, बेचीरहन्छौं’ उनले भनेका छन् । राजनीतिक आडमा जनतालाई सरासर लुट्छौं भन्नेहरुलाई अव तपाईं के भन्नुहुन्छ ?  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: