×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजपाले तेश्रो चरणको स्थानीय चुनावमा भाग नलिनुको यस्तो छ कारण…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राजधानीको बबरमहलमा बुधबार पार्टी कार्यालयको उद्घाटन गरेलगत्तै आगामी असोज २ का लागि तोकिएको प्रदेश २ को तेश्रो चरणको स्थानीय चुनावमा भाग लिनको लागि जाने कि नजाने भन्ने कुरामा विवाद उत्त्पन्न हुन् थालेको छ । राजपाको अध्यक्ष मण्डलले आर्थिक व्यवस्थापानको जोहो गर्ने नसक्ने डरले उक्त चुनावबाट पछि हट्न खोजेको अनुमान लगाउन सकिन्छ । 
तेश्रो चरणको स्थानीय चुनावमा भाग लिनको लागि राजपाको अध्यक्ष मण्डललाई पार्टी भित्रैबाट दवाब परिरहेको छ तर अहिले हामी चुनावमा गयौं भने जनताले हामीलाई भोट दिने अवस्था पनि छैन किनकी संविधान संशोधन हाम्रो मुख्य एजेण्डा हो । हामीले उठाएको एजेण्डा पारित पनि भएको छैन । संविधान संशोधन चुनावअघि हुने अवस्था पनि देखिँदैन ।
आन्तरिक विवाद नसकी चुनावमा गएर पनि त्यसका लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको पार्टीका एक शीर्ष नेता बताए । राजपाका नेता केशव झाले भने चुनावमा जाने कि नजाने निर्णय नभएकाले आर्थिक खर्च सम्बन्धि त्यस्तो केहि योजना नबनाएको बताउनु भयो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: