×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुनौलो अवसर,सशस्त्र प्रहरीमा २५ सयका लागि भर्ना खुल्यो

काठमाडौँ । सशस्त्र प्रहरीले विभिन्न पदका लागी नयाँ कर्मचारी माग गरेको छ । मंगलबार एक सुचना प्रकाशन गर्दै सशस्त्रले प्रहरीले २५ सयका लागि आबेदन माग गरेको छ ।
सशस्त्र प्रहरीले माग गरेको नयाँ भर्नामा जवान २३ सय जना, खुलातर्फ १ हजार २१ सय १९ जना, आदिबासी जनजाती ३ सय ३१ जना, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको लागि ४६ जनाको कोटा छुट्टाइएको छ ।
त्यस्तै भान्छेमा १ सय ७ जनाको माग गरिएको छ, जसमध्ये ५७ जना खुलातर्फका लागि छुट्टाइएको छ । साथै केशकर्तक २५ , सुचिकार १५ चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।
सशस्त्र प्रहरीमा भर्ना हुन्भ चाहने इच्छुक नागरिकले भदौ २८ गते सम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख छ । भर्ना हुन् चाहानेले काठमाडौँ, सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट आबेदन बुझाउन सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: