लुम्बिनी जनरल इन्सुरेन्सको १००% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिन सकिन्छ
Powered by Blogger.
लुम्बिनी जनरल इन्सुरेन्सको १००% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिन सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - लुम्बिनी जनरल इन्सुरेन्सको १००% हकप्रदमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन हो । इन्सुरेन्सले असार ३० गतेदेखि १ः१ अनुपातमा ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ ।  लुम्बिनीको हाल चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । १००% हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्सुरेन्सले १९ करोड ९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।

यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौं तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौंबाट आवेदन दिन पाउनेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र लिने र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ । यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, ग्वार्को, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।


Published Date : Thursday, August 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...