×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादीको चुनावी अभियान सुरु, प्रचण्डलाई सिराहा पठाउने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  आगामी असोज २ गते हुन् लागेको प्रदेश  नं २  क्षेत्रको स्थानीय तह निर्वाचनको लागि माओवादी केन्द्रले आफ्ना पार्टीका शिर्ष नेताहरुलाई ठाउँ ठाउँमा पठाउने भएको छ । पार्टीले आज बसेको बसेको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनाबी अभियानका लागि सिराहा जिल्ला पठाउने निश्चय गरेको छ । 
प्रवक्त पम्फा भुसालको जानकारी अनुसार रामबहादुर थापा ‘बादल’लाई धनुषा, नारायणकाजी श्रेष्ठलाई सर्लाही,विश्वभक्त दुलाल ‘आहुती’ लाई महोत्तरी, दीनानाथ शर्मालाई पर्सा, हरिबोल गजुरेललाई रौतहट, डिलाराम आचार्यलाई बारा  र  चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तर  जिल्लामा पठाउने निर्णय गरेको छ ।
आज बसेको  बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यको कार्यविभाजन गर्नुका साथै सातवटै प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णयसमेत गरेको प्रवक्ता भुसालले जानकारी गराएकी छिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: