×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मारुती सिमेन्ट उद्योगले करोडौं कर छलेको भन्दै राजश्वको छापा, तर दोश्रोपटकपनि सेटिङमै दिईयो उन्मुक्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – करोडौं रुपैयाँ राजश्व छलीको आरोपमा आन्तरिक राजश्व विभागले केहि समय अगाडी मारुती सिमेन्ट उद्योगमा छापा मारेकोमा अहिले सेटिङकै भरमा उद्योगलाई उन्मुक्ति दिईएको खुलासा भएको छ । यसअघि पनि कमसल सिमेन्ट बेचेकोदेखि बिजुली चोरेको सम्मका प्रमाण फेला परेको मारुती सिमेन्टले कर छली प्रकरणमा पनि उन्मुक्ति पाएको हो । विशेष स्रोतले दिएको जानकारी अनुसार आन्तरिक राजश्व विभागले जफत गरेका कागजातहरु उपर कारवाही नगरी सेटिङ’मै उद्योगलाई उन्मुक्ति दिईएको छ । उद्योगले करोडौं रुपैयाँ राजश्व छलेको भन्दै राजश्व विभागले केहि समय अघि सिमेन्ट उद्योगमा छापा पारेको थियो । 
मारुती सिमेन्टले राजश्व छली गर्ने गरेको समाचार अर्थ सरोकार डटकमले ब्रेकगरेपछि सिमेन्ट उद्योग र उद्योगको कार्यालयमा एकै पटक राजस्व अनुसन्धानले छापा मारेर कम्प्युटरसहित आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । मारुती सिमेन्ट उत्पादन हुँदै आएको मारुती सिमेन्ट उद्योग मिर्चैया सिराहा र विराटनगर उपमहानगरपालिका शिवमन्दिर छेउमा रहेको मारुती सिमेन्टको कार्यालयमा एकै पटक राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीको टोलीले छापा मारेको हो । राजस्व अनुसन्धान विभागको निर्देशनअनुसार सिराहामा रहेको उद्योगमा राजस्व अनुसन्धान सुनसरीका अनुसन्धान अधिकृत देवराज भुषालले नेतृत्व गरेका थिए भने विराटनगरमा अर्का अनुसन्धान अधिकृत रवीन्द्र प्याकुरेलले नेतृत्व गरेको टोलीबाट एकै साथ छापा मारेर आवश्यक कागजातसहित कम्प्युटर समेत नियन्त्रणमा लिएको हो । 

यसअघि पनि ५० लाख राजश्व छाल्दा दिईएको थियो उन्मुक्ति !
राज्यको कानुनमाथि धावा बोल्दै मारुती सिमेन्ट उद्योगले मनपरी गरिरहेको छ । यसो त मारुती सिमेन्ट उद्योगले करछली गरेको यो पहिलोपटक भने होइन । यसअघि चन्द्रोदयपुर गाविसस्थित मारुती सिमेन्ट उद्योगले ५० लाखभन्दा बढी कर छली गरेको रहस्य खुलेको थियो । क्लिङ्कर र सिमेन्ट जिल्ला बाहिर निकासी गर्दा तिर्नुपर्ने राजश्व नतिरेर यति ठूलो कर छली भएको थियो । अर्थ सरोकार डटकमको प्रश्नमा तत्कालीन जिविस सिरहाका राजश्व शाखा प्रमुख महेन्द्र यादवले भनेका थिए , ‘मारुतीले क्लिन्करको निकासी कर नतिरेका कारण जिविसलाई ठूलो नोक्सान भएको छ। अहिलेसम्म मारुतीले करिब ५० लाख भन्दा बढी कर तिरेका छैन्।’तर यसअघिपनि सेटिङ’कै भरमा मारुती सिमेन्ट उद्योगलाई उन्मुक्ति दिईएको थियो । 

अख्तियार पुग्ने भो केस !
मारुती सिमेन्ट सकेको कर छल्ने, र राजश्व विभाग छापा मारेजस्तो गरेर सेटिङ मिलाउने धन्दामा लागेको भन्दै आन्तरिक राजश्व विभाग इटहरी र मारुती सिमेन्टलाई समेत प्रतिपक्षी बनाएर इटहरीकै एक व्यवसायीहरुको समूह अख्तियार जाने भएको छ । ‘हामीले सानो गल्ती गर्दा जरिवाना तिर्नुपर्ने । अनि मारुती सिमेन्टलेचाहिं जे गरेपनि हुने । कर जति छलेपनि हुने । यो देश र जनताप्रतिको बेइमानी हो । हामी अव समूह नै मिलाएर अख्तियार जाँदैछौं । देश लुट्ने मारुती सिमेन्ट र तिनका ठुलाबडा भनौदा राजश्वमारा हाकिमहरुलाई कारवाही गरिनुपर्छ ।’ अख्तियार जाने तयारीमा रहेका एक व्यवसायीले अर्थ सरोकार डटकमसँग भने ।         

मारुती सिमेन्टका कर्मचारीले फोन उठाउनै छाडे !
यता यसअघि मारुती सिमेन्टले गरेका कर्तुतहरुबारे आफुलाई केहिपनि थाहा नभएको बताउने मारुती सिमेन्ट उद्योगका जिम्मेवार कर्मचारी यस प्रकरणमा हामीले कार्यालयनै गएर सोधेपछी सम्पर्क बाहिर हुन थालेका छन् । केहि समयअघि हामीले मारुती सिमेन्टकै काठमाडौँस्थित कार्यालयमा बुझ्दा त्यहाँका कर्मचारी राजु श्रेष्ठले सबै कुरा ‘मिलिसकेको’ भन्दै शंकास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि सेटीङकै भरमा सबै कुरा मिलाएर मारुती सिमेन्टलाई उन्मुक्ति दिईएको खबर पाएपछि हामीले विभिन्न समयमा गरी करिव आधा दर्जन बढी पटक उनलाई फोन गर्दा पनि उनले फोन उठाएका छैनन् ।     
मारुती सिमेन्ट उद्योगका कर्तुतहरुबारे यी कुनै समाचार छुटे कि ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: