मेगा बैंकले पायो हकप्रद सेयर बिक्री गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - धितोपत्र बोर्डबाट मेगा बैंकले ६५% हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । मेगाले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैयाँको २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नलिब इन्भेस्टमेन्ट बैंकिङले गर्दैछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रदको बाटो रोजेको हो । मेगाको अहिलेसम्म चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ । यसमा ६५% प्रतिशत हकप्रदबाट आउने पुँजी जोडिनेछ । जस अनुसार अब चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुनेछ । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब हकप्रद निष्कासनको प्रक्रियामा बैंक अघि बढ्नेछ ।
प्रकाशित : Friday, August 11, 2017

recent

Popular Posts