×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेट्रोमा जान मारामार !

काठमाडौं । एआईजीको फूली लगाउन साथ महानगरीय आयुक्तको कार्यालय (मेट्रो) आउन एआईजीहरुको मारामार चलेको छ । महानगरीय प्रहरीको आयुक्त हुने चाहानामा एआईजीहरु जयबहादुर चन्द, केशरी घिमिरे, बमबहादुर भण्डारी, बिजयलाल कायस्थबीच मारामारा चलेको हो ।  मेट्रो हाल एआईजी भण्डारीेले हाक्दै आएका छन् । डिआईजी हुँदै दुई महिन अगाडी मेट्रोमा काज सरुवा भएका भण्डारी एआईजीको फूली लगाउँदै आफ्नो पदस्थापना मेट्रोमै गराउन चाहन्छन् । तर, सरकारले आईजीपी बनाई सकेका तर अदालतबाट बर्खास्त भएपछि एआईजी मै चित्त बुझाउन बाध्य भएका चन्द संगठन चलाउन नपाएपनि मेट्रो चलाउने रहरमा शक्तिकेन्द्र धाउन थालेका छन् । 
आईजी प्रकाश अर्याल र गृहमन्त्री शर्माको ग्य्राण्ड डिजाइनमा परेर बढुवाको दोस्रो नम्बरमा पुगेका चन्दलाई मेट्रो प्रमुख बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दबाब गृहमन्त्री शर्मा र आईजीपी प्रकाश अर्यालललाई छ । तर बढुवामा दोस्रो नम्बरमा परेपछि आईजी अर्यालसँग सम्बन्ध चिसिएको कारण चन्दलाई थन्काउने योजनामा अर्याल छन् । आईजी अर्याल भण्डारीलाई नै मेट्रो प्रमुखमा पदस्थापना गर्ने योजनामा छन् । उता, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने एआईजी केशरी घिमिरे पनि मेट्रो प्रमुख बन्ने दौडमा छन् । घिमिरेलाई मेट्रो प्रमुख बनाउन प्रचण्डले गोप्य रुपमा गृहमन्त्री शर्मालाई आदेश दिएको स्रोतको दाबी छ । भण्डारीलाई नै मेट्रोमा पदस्थापना गर्ने कुरामा भने गृहमन्त्री र आईजीबीच सहमत समेत भइसकेको स्रोतको दाबी छ । 
यता, पूर्ब एआईजी नबराज ढकालको पिए एआईजी कायस्थ पनि मेट्रो प्रमुख बन्ने दौडमा छन् । कायस्थको पछाडी अर्याल एण्ड कम्पनी पनी लागेको छ । बढुवा भएका डिएसपी, एसपी एसएसपी र डिआईजीको सरुवामा समेत केही प्रहरी अधिकृतले शक्ति केन्द्र धाएको कारण सरुवा हुन सकेको छैन । काठमाडौं परिसर, अपराध महाशाखा, ललितपुर परिसरमा आउन खोज्ने इन्चार्जका कारण सरुवा लम्बिएको हो । काठमाडौं परिसरमा आईजी अर्यालले बिश्वराज पोखरेललाई पठाउन खोजेका छन् तर गृहमन्त्री शर्माले रबिन्द्र धानुकलाई । त्यस्तै अपराध महाशाखामा एसएसपीद्धय धिरजप्रताप सिंह र उत्तम सुबेदी आउने सम्भाबना रहेको स्रोतको दाबी छ । 
यता, डिएसपीहरुको चाहाना बढी हुने दरबारमार्ग र लैनचौर बृत्तमामा आउन पनि हानथाप बढेको छ । दरबारमार्गमा प्रचण्ड निकट डिएसपी दानबहादुर मल्ल आउने पक्का भएको छ । तर दरबारमार्ग आउन योगेन्द्रसिंह थापा, बिश्वराज खड्का लगायत आधा दर्जन डिएसपी दौडमा छन् भने लैनचौर बृत्तको लागि आभुषण तिमल्सिना, तिलक भारती, किशोर श्रेष्ठलगायत एक दर्जन डिएसपी दौडमा छन् ।- जनप्रहार साप्ताहिकबाट  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: