×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सार्थक बन्यो प्रकाश थापाको पहल, अन्तत: आइक्यान र आइसीएआइबीच ‘MOU’ पत्रमा हस्ताक्षर ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 

भारत- आइक्यान र आइसीएआइबीच एमओयुमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा यस्तो हस्ताक्षर भएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा आइक्यानका अध्यक्ष र उपाध्यक्ष समेत थिए । आइक्यानका अध्यक्ष प्रकाश थापाको विशेष पहलमा यो सम्झौता भएको हो । यसअघि १९९७ मा यस्तो सम्झौता भएको थियो भने सन् २००४ मा उक्त सम्झौता सकिएको थियो ।  

हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी समेत दिएको छ । कार्यक्रममा आइक्यानका तर्फबाट प्रकाश थापाले प्रतिनिधित्व गरेका थिए । यो एमओयुपनि उनकै पहलमा भएको हो । भारतीय संस्थासँग कुटनीतिक सम्बन्ध रहेका उनले आफ्नो कार्यकालको सुरुमै आइसीएआइसंगको एमओयुलाई निरन्तरता दिने र एमआरएका लागि पहल गरिने बताएका थिए ।

एमआरएका लागि बाटो खुल्यो !

यसैबीच आइक्यान र आइसीएआइ बीचको यस्तो सम्झौताले एमआरएको लागि समेत बाटो खुलेको छ । एमआरए  भएको खण्डमा भारतमा सिए उतीर्ण भएकाले नेपालमा र नेपालमा सिए उतीर्ण भएकाहरुले निश्चित प्रक्रिया पूरा गरेर भारतको सिए संस्थाको सदस्यता पाउनेछन् । सन् २००४ देखि ‘डिसकन्टीन्यू’ भएको यो सम्झौता पुन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: