×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली सेयर बजारमा ‘रिठ्ठो रोपेर कागती फल्दैन’

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक 
नयाँ लगानीकर्तालाई सेयर वजारमा प्रवेश गर्न कुनै खास समयको जरुरत पर्दैन । नयाँ लगानीकर्तालाई कसै कसैले के पनि भनेको सुनियो भने , सेयरको राम्रो मौसम सुरु भयो अव वजारमा प्रवेश गरौं । तर म यसो भन्दिन किनकी प्रत्येक राम्रो मौसम पछि नराम्रो मौसम आऊछ । नराम्रो मौसमको लागी पनि तयार रहनु पर्छ । 
तपाई राम्रो मौसममा आउनु भएको छ अव तपाईले नराम्रो मौसमको पनि सामना गर्नै पर्छ । जहिले पनि लगानीकर्ताले नराम्रो मौसमको सामना गर्न तयार भएर लगानी गर्नु पर्छ । मौसमको साईकल यस्तै हुने गर्छ राम्रो मौसम त्यपछी नराम्रो मौसम । सेयर वजारमा राम्रो मौसम चलेको वेला धेरै खेलाडी वजारमा आउने गर्दछन । तर , जव खराव मौसम चल्न सुरु हुन्छ ति खेलाडी वजारवाट भागाभाग गर्छन । 
जो नयाँ लगानीकर्ता वजारमा आउनुहुन्छ उहाँहरुले वुझ्नु पर्ने पहिलो कदम के हुन्छ भने म यो मार्केटमा कसरी प्रवेश गरौ ? कति मेरो फेसवुकमा जोडिनु भएका साथी भाई हरुपनि सोध्नु हुन्छ , सर म सेयर वजारमा प्रवेश गर्न चाहन्छु र म दैनिक जसो किनवेच गर्न चाहन्छु भन्नु हुन्छ । 
कतिले त नेपाली सेयर मार्केटमा चल्दै नचलेको ईन्ट्राडे ट्रेडिड: गर्छु भन्नु हुन्छ । जो उहाँ हरुले सोध्ने गरेको प्रश्न नेपाली सेयर वजारमा लागूनै भएको छैन । अव रह्यो दैनिक कारोवार गर्ने कुरा , जसरी मैले यसै अनलाईनको अघिल्लो हप्ताको लेखमा भनेको थिए ” गाडि चलाउन सिक्दै कसैले पनि १०० को स्पिडमा चलाउदैन । गाडी चलाउन सिक्दा २०/३० को स्पिडमै सिक्ने हो ” भनेको थिंए । हो , त्यसै गरि सेयर कारोवार गर्दा पनि सुरु सुरुमा मार्केट प्रवेश गर्दा लगानीकर्ताकै रुपमा प्रवेश गर्नु पर्छ ।
जव तपाई स्कुलमा भर्ना हुनु भयो त्यस समयमा एकै पटक तपाई ४/५ क्लासमा भर्ना हुनु भएको होईन । नर्सरी , एलकेजी, यूकेजी हुदै जानु भएको हो । त्यसै गरि यो मार्केटमा पनि प्रवेश गर्ने सोच वनाउनुस । डेलि ट्रेड गर्ने सोच अहिल्यै तपाँईको लागी घातक सावित हुनेछ । सुरुमै ट्रेडरको रुपमा उभिन चाहनु भयो भने तपाँईलाई यो मार्केटले मृत्यू उपहार समेत दिन वेर लाऊदैन । डेली ट्रेड गर्ने भनेको धेरै नलेज लिई सकेपछी मात्र हो । 
तपाँई यो मार्केटमा फ्रेस हुनु हुन्छ भने कतैन कतै वाट सामान्य नलेज लिएर मात्र आउनुस । जस्तो की तपाँईले कुनै पसल सुरु गर्न आटनु भयो भने साथी भाई , आफन्त संग सोधेर सामान्य नलेज लिएर सुरु गर्नु हुन्छ । हो , यो पनि एउटा अव्वल दर्जाको (पसल) विजनेस नै हो यस्मा सामान्य नलेज वटुलेर प्रवेश गर्नु लाभदायी हुनेछ । कमसेकम वजार प्रवेश गर्नु भन्दा १, २ महिना पहिला वुझ्नुस, आजकल विभिन्न अनलाईन हरुछन् , आर्थिक पत्रपत्रिका छन । त्यसको माध्यमवाट वेसिक नलेज लिनुस । 
यसरी जानकारी लिई सकेपछी आफै वुझ्नु हुनेछ की म ट्रेडर वनौ वा ईन्भेष्टर वनैा भन्ने । अव तपाई आफुलाई फुल टाईमर वनाउन चाहनु हुन्छ की वा अरु कुनै व्यवसाय छ यस्लाई खाली पार्ट टायम मात्र वनाउन चाहनु हुन्छ । हुनसक्छ तपाँई कुनै जागिरमा हुनुहुन्छ , खालि तपाँई वचत भएको पैसा मात्र लगाउन चाहनु हुन्छ भने धेरै दिमाग लगाउनु पर्ने जरुरी पर्दैन । एउटा डिम्याट एकाउन्ट खोल्नस र राम्रो कंम्पनी छानेर थोरै थोरै मात्रामा सेयर किन्दै जानुस । 
राम्रो कम्पनी कसरी छनोट गर्ने भन्ने वारेमा मैले पहिलानै यसै अनलाईनमा लेखेको छु खोजी गरेर अध्यायन गर्नुस । वुझ्दै नवुझी झ्वाम्म हाम नफाल्नुस । मैले वारम्वार भन्दै आएको छु, की ” रिठ्ठो रोपेर कागतीको आश नगर्नुस ” भनेर । जस्तो आज वजारमा लगभग एउटै मूल्यमा प्रति सेयर आम्दानी (EPS ) ५ पैसा कमाउने सेयर पनि छन र त्यही मूल्यमा प्रति सेयर (EPE) ५ रुपैया कमाउने सेयर पनि छन । त्यसैले कम्पनीको प्रफमेन्स हेरेर लगानी गरौं । रिठ्ठो रोपेर कागती नखोजौ … यसैको वाँकी अंश अर्को हप्तामा लिएर आउने छु !
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: