×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजारसँग जोडिएका केही ‘ढोंगी’ हरुले बुझ्नू ‘भ्यागुतालाई चरा भईस् भन्दैमा उडदैन’

  • नवराज घिमिरे :- लगानीकर्ता/विश्लेषक 
नेपालको पूँजी वजारमा सुचिकृत भएका केही कंम्पनीका मालिक यति ‘ढोगि’ छन की तिनको कुरा गरेर साध्य छैन । आज भन्दा ठिक दुइ वर्ष अघि प्रति सेयर मूल्य रु ७००/- को हाराहारीमा आफुसंग भएको वेच्न मिल्ने जति सेयर ति “ढोगी” हरुले विक्री गरे । धेरै सर्वसाधारणलाई फसाए , आज आएर त्यो कम्पनीको १ सेयरले वार्षिक सम्पूर्ण खर्च कटाई ५ पैसा कमायो भनेर लज्जासपद वार्षिक आय विवरण प्रस्तुत गरिदै छ । लाज मर्दो कुरो त के छ भने यस्ता कम्पनीलाई नियामन गर्ने नियामक निकाय अझै नेपालमा जन्मियको छैन रे ! 
आफ्नो मात्र वर्कतले नपुगेर फरियाको साईनो गाँसी कम्पनी खोल्ने यस्ता कम्पनीका संचालक लाई घक्रेठ्याक लगाउने कानुन नवनेर आज यि केही कम्पनी संचालकको दादागिरी चलिरहेको छ । अझ कैयन वर्ष चल्ने नै छ । फरियालाई समेत समेटेर आफ्नै घर भित्रैवाट ५ जना संचालक वन्ने र भोका नांगा गरिव किसानको रगत पसिना चुस्न पल्केका यि किर्नाहरु लाई हे भगवान कहिले होला कारवाही ? पाँच जना संचालक पाँचै पैसा आम्दानी !
क्या शुन्दर छ नाम , रिडी हाइड्रोपावर कम्पनी ! सेयर वजारको नाम ‘RHPC’ ! हेर्नस त कस्तो शुन्दर नाम छ कम्पनीको । वजारमा सेयर पनि किनवेच हुदैछ , प्रति सेयर झण्डै रु १८४/- जतिमा । धिक्कार छ मेरा सेयर वजारका साथी तिमी हरुलाई ! चौथो वार्षिक प्रतिवेदन नआउदै त किनियो किनियो कतै प्रति सेयर आम्दानी रु पाँच त देलाकी भनेर , तर पाँचै पैसामा सिमित गरेपछी पनि यस्ता ढोगीको सेयर किन्छौ ? किन किन्छौ ? अव त वुझेउनी कुरा ? लुटको धन फुपुको सराद हो र ? किन्छौ ? यस्ता ढोगि लाई पाहा पच्छारे जस्तो गर्न किन सक्दैनौ ? धन्य छ मेरा लगानीकर्ता मित्रहरु हो तिमिहरुलाई !
कसैले भ्यागुतोलाई चरा हो उडछ , भन्दैमा भ्यागुतो भ्यागुतै हो उडदैन यस्ता किर्नाको पछाडी लागेर कुनै फलिफाप हुदैन , जव सम्म कानुन वन्दैन र यि किर्ना हरुलाई मनपरी खर्च गर्न दिई रहने परिपाटी यो देशमा वसी रहन्छ तव सम्म किर्ना मोटाई रहने छन । समयमै चेतना भया !
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: