×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकले पायो २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

काठमाडौं – नेपाल बंगलादेश बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति प्राप्त गरेको छ । बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ । १०.२५% ब्याज पाइने यस ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: