×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको नाफा ६५% घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको नाफा ६५.०४% ले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवमा ३ करोड २२ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा १ करोड १२ लाख ६१ हजारमा सीमित भएको हो ।
कम्पनीले गत आवमा विद्युत् विक्री बापत ८ करोड ६९ लाख ७६ हजार आम्दानी गरेकोमा चालू आवमा उक्त आम्दानी ६ करोड ३ लाख ७५ हजारमा सीमित भएको हो । विद्युत् बिक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३० प्रतिशतले घटेको हो ।
कम्पनीको नाफा खुम्चिएसंगै प्रतिसेयर आम्दानीमा पनि कमि आएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयरआम्दानी १२ दशमलव ३९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर ५ दशमलव शून्य २ मा सीमित भएको हो । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ६४ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ५३ रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: