×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल आइडल सम्बन्धि यी ६ रोचक र अनौठा तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ


काठमाडौँ – नेपाल आइडल । नेपालको एक टेलिभिजन रियालिटी शो, जो अहिले निकै चर्चित छ । तर नेपाल आइडलका केहि तथ्यहरु सुनेर तपाईं अचम्ममा पर्न सक्नुहुनेछ । एपीवान टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रम विभिन्न कुराले पटक पटक विवादमा समेत आउने गरेको छ । हेरौं नेपाल आइडलका केहि रोचक र अनौठा तथ्यहरु : 
१. नेपाल आइडलमा उपस्थिति जनाउनेहरु धेरै हुन्छन् । तर सबैलाई पर्दामा देखिने जज हरुले नै छान्ने हो त ? होइन । नेपाल आइडलमा अन्य थुप्रै को-जज हरु हुन्छन् । जसले छानेका प्रतिष्पर्धीहरुलाई पुन: अडिसनमा पठाईन्छ । यस्तो प्री अडिसनमा सबैभन्दा झुर गाउने, र रमाइलो गर्नेहरुलाई समेत पठाईन्छ । यो नेपाल आइडलमा मात्र होइन, इन्डियन आइडलमा पनि चलन यहि नै हो ।
२. नेपाल आइडलमा दर्शक झुक्याउन विभिन्न नाटक मन्चन हुन्छ । केहि दिन अघि नेपाल आइडलमा सुजाता पाण्डेकि आमालाई स्टेजमा बोलाएर नेपाल आइडलले सरप्राइज भन्दै भेट गरायो । तर यो सब नाटक हो । सरप्राइजका नाममा सुजाताकी आमालाई देखाउनु अघिनै एक दृश्यमा सुजाता र सुजाताकी आमा सँगै बसेको फुटेज बाहिरिएको थियो । यस्तो नाटक बाहिरिएपछी कार्यक्रमका निर्माता सुरेश पौडेलले सामाजिक संजालमा माफी नै मागेका थिए ।
३. नेपाल आइडलमा आज को आउट हुन्छ भन्ने कुरा प्रतियोगीलाई पहिला नै थाहा हुन्छ । तर थाहा पाएजस्तो गर्न भने पाइंदैन । सुजाता आउट हुने एपिसोडमा सुरुदेखि अन्तिमसम्मको कार्यक्रम हेर्यो भने यो कुरा स्पष्ट हुन्छ । अर्कोतर्फ नेपाल आइडल रेकर्डेड कार्यक्रम हो । यसमा को आउट हुन्छ भन्ने कुरा कार्यक्रम प्रत्यक्ष हेर्न पुगेका दर्शकहरुलाई पहिलानै थाहा हुन्छ । कसलाई आउट गर्ने भन्ने कुरा भोटको नतिजा अगावै निर्णायकहरु र निर्माताहरु मिलेर फिक्स गरिन्छ ।
४. नेपाल आइडलका प्रतिष्पर्धी देख्दा उनीहरु कस्तो मिलेका जस्ता देखिन्छन् । कोहि आउट हुँदा अरुपनि एक अर्काको अँगालोमा बाँधिन्छन् । तर यो सब गर्न लगाइएको हुन्छ । यससम्बन्धि प्रतिष्पर्धीहरुलाई छुट्टै तालिम नै समेत दिईएको हुन्छ ।
५. सबैभन्दा अनौठो सत्य के हो भने दर्शकको भोट नेपाल आइडल फेमस बनाउने कला मात्र हो । नेपाल आइडल निर्माण समूहमा संलग्नमध्ये एकले दिएको जानकारी अनुसार कुन एपीसोडमा कसलाई फाल्ने भन्ने निर्णय जजले नै गर्छन् । अघिल्लो दिनको प्रस्तुतीको आधारमा दोश्रो दिनको नतिजा फाइनल हुने भन्ने कुरा सब नाटक मात्र हो । सुजाता पाण्डे अघिल्लो दिन फर्फर्मर अफ दी डे घोषित भएकी थिईन् भने उनी दोश्रो दिन आउट भइन् । यसले पनि यो कुरालाई पुष्टी गर्छ ।
६. नेपाल आइडलकै विशेष शुत्रले दिएको जानकारी अनुसार महिलालाई नेपाल आइडल नबनाउने भन्ने पहिला नै फिक्स भइसकेको थियो । अर्को अचम्मको तथ्य के हो भने नेपाल आइडलमा स्वरसँगै उसको अनुहार पनि हेर्ने गरिन्छ । आयोजकको यो गोप्य कुरा गत अंकमा रामकृष्ण ढकाललेसमेत घुमाउरो पारामा खुलासा गरिदिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: