नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने
Powered by Blogger.
नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने


  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं - नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि खोजी सुरु गरेको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको असार २५ गतेको जागिरे पदको  म्याद सकिएको थियो । मन्त्रालयले नयाँ नेतृत्वका लागि  प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि आवेदन खुल्ला गरेको हो ।

आवेदन दिनका लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर पेश गर्नुपर्नेछ ।


Published Date : Tuesday, August 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...