×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य पूरै प्यानलसहित बिजयी !

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनमा गोबिन्द आचार्य प्यानलसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी तिर्थ कोइराला र उजिर मगरलाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ भने पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।
प्रेस चौतारीका तीर्थ कोइराला झण्डै एक सय मत अन्तरले हारेका छन् । 
यस्तै महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।
यी हुन् प्रदेशबाट निर्वाचित भएकाहरु
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: