×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विद्युत प्राधिकरण र पिपल्सबीच विद्युत् खरिद सम्झौता, हिउँदमा ८.४० र वर्षामा ४.८० पैसामा किन्ने

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा रु ८.४० र वर्षाकालमा रु ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।
प्रतिमेगावाट रु १८ करोड लागत रहेको उक्त आयोजनाको कुल लागत रु ९० करोड रहने छ । रु तीस करोड शेयर लगानी र बाँकी रु ६० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ ।आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: